मिलन बिश्वकर्मा बने Fonemoney को १ करोड कोरियन वन विजेता


दक्षिण कोरिया – जुन १६, २०२५

रेमिट्यान्स सेवा प्रदायक Fonemoney द्वारा सञ्चालन गरिएको “फोनमनी साथमा १ करोड हातमा” योजना अन्तर्गत १ करोड कोरियन वन जित्ने भाग्यशाली विजेता मिलन बिश्वकर्मा घोषित भएका छन्। यो विजेता छनोट कार्यक्रम  जुन १५, २०२५ गते आइतबार, दोंगदेमुनस्थित Fonemoney को मुख्य कार्यालयमा लक्की ड्र मार्फत सम्पन्न गरिएको थियो।

 

उक्त योजनाअन्तर्गत, हरेक साताका ३६ जना सहभागीहरूले “पैसा डबल” अफर अन्तर्गत आफ्नो रकम दोब्बर पार्ने अवसर प्राप्त गरेका थिए। छोटो समयमै नेपाली समुदायको विश्वास जित्न सफल Fonemoney ले भरपर्दो, छरितो र सुरक्षित सेवा प्रदान गर्दै आएको छ।

ग्राहकहरूलाई सम्भावित स्क्याम वा ह्याकिङबाट जोगाउन Fonemoney ले ‘डिभाइस डिटेक्सन सिस्टम’ को प्रयोग गर्दै आएको छ, जसले प्रयोगकर्ताहरूको डिजिटल सुरक्षामा महत्वपूर्ण भूमिका खेल्दछ।

हाल सञ्चालनमा रहेको “Refer and Win” योजनाअन्तर्गत, जुनसुकै प्रयोगकर्ताले तीन जना साथीलाई Fonemoney मा रजिस्ट्रेसन गराएपछि, eSewa Wallet मा रू. १,००० बोनस प्राप्त गर्न सक्नेछन्।

शून्य सेवा शुल्क, छरितो प्रक्रिया, उत्कृष्ट ग्राहक सेवा र बहुविध रेमिट्यान्स विकल्पहरूका कारण Fonemoney ले नेपालका साथै श्रीलंका, बंगलादेश, इन्डोनेशिया र भियतनाममा समेत सेवा विस्तार गरिसकेको छ।

ग्राहकहरूको साथ र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै Fonemoney ले उपहार योजनामा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेको छ। उक्त कार्यक्रम Fonemoney को आधिकारिक Facebook र TikTok पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो

दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…