कोरियामा यस बर्षका भलिबल प्रतियोगिता शुरु, अप्रिल ६ मा ४० लाख वनको प्रतियोगिता
दक्षिण कोरियामा नेपालको राष्ट्रिय खेल भलिबलको सिजन शुरु भइसकेको छ । कोरियामा रहेका नेपाली भलिबल खेलाडीहरूको अबको समय कोरियामा हुने प्रतियोगितामा सक्रिय सहभागिता जनाउँदै बित्नेछ ।
यसको सुरुवात हुँदैछ यो बर्षको पहिलो प्रतियोगिता आगामी अप्रिल ६ तारिखबाट । एनआरएनए दक्षिण कोरियाको आयोजनामा अप्रिल ६ तारिख आइतबार ‘एनआरएनए भलिबल टुर्नामेन्ट २०२५’ आयोजना हुँदैछ जसको नाम दर्ता यही मार्च २९ तारिख सम्म गर्न सकिनेछ भने टाइसिट मार्च ३० तारिखमा हुने आयोजकले जनाएको छ । यस प्रतियोगितामा पुरस्कार भने कोरियाका प्रतियोगिताहरू मध्य को सबैभन्दा उच्च राखिएको छ । यस प्रतियोगिताको विजेता टिमले नगद ४० लाख वन का साथमा ट्रफी प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले २० लाख वन र ट्रफी प्राप्त गर्नेछ । यस प्रतियोगिताका लागी टिम दर्ता शुल्क ३ लाख ५० हजार वन तोकिएको छ । प्रतियोगिता अघिल्लो वर्षका धेरै प्रतियोगिता आयोजना गरिएको सुवन स्थित आजु विश्वविद्यालयको भलिबल कोर्टमा आयोजना हुँदैछ । अन्य जानकारी तथा टिम दर्ताका लागी पोस्टरमा रहेका नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया