जनवरी ५ तारीकमा काेरियामा तमू ल्हाेसार मनाइँदै

ल्हाेसार संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने

दक्षिण कोरियामा रहेका तमू (गुरुङ) समुदायले मौलिक पर्व तथा नयाँ वर्ष “तमू ल्होसार २०८१” मनाउने भएको छ । तमू धीं दक्षिण कोरियाको आयोजनामा नेपालबाट चर्चित राष्ट्रिय कलाकार जालुमाया गुरुङलाई आमन्त्रण गरी सउल स्थित HW컨벤션센터 하림각, SEOUL, SOUTH KOREA (서울특별시종로구 지하문로 255 (부암동 162-3) आउँदो जनवरी ५ तारिक मनाउने मिति तय गर्दै आफ्नो मौलिकमा आधारित रहेर उक्त ल्होसार मनाउने भएको हो ।

गुरुङ (तमू) हरुको वर्ग चक्र अनुसार सप्ह्री ल्हो (सर्प वर्ग) लाई स्वागत र मुप्री ल्हो (चील वर्ग) विदाई गर्दै विगतमा झैं यसपटक पनि ल्होसारलाई थप उत्साहजनक र संगीतमय बनाउन नेपाली लोक तथा तथा दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित कलाकार जालुमाया गुरुङको विशेष सांगीतिक प्रस्तुति रहने बताउँदै दिवाभोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको संस्थाकी केन्द्रीय अध्यक्ष रुपा गुरुङले जानकारी दिइन् ।

मौलिक तथा गाउँघरमा बोलिने, सुनिने शब्दहरुलाई टपक्क टिपेर गीतको भावमा उन्दै मन्त्रमुग्ध बनाउन माहिर कलाकार जालुमाया गुरुङको कोरिया सांगीतिक भ्रमण भने पहिलो पटक हो । पुर्खौली घर कास्की घान्द्रुक र रोल्पाको गुरुङ गाउँमा जन्मिनुभएकी कलाकार गुरुङ लोकप्रिय कार्यक्रम इन्द्रेणी “लन्ठु एपिसोड” मार्फत् चिरपरिचित हुँदै करीब एक दर्जन एल्बममा आफ्नो आवाज भरिसकेकी छिन् । आमन्त्रित कलाकार सँगै गुरुङ समुदायको मौलिकतामा आधारित विभिन्न बाजागाजाको तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने गरी ल्होसारको तयारीमा जुटिरहेको संस्थाका साँस्कृतिक विभाग संयोजक रामचन्द्र गुरुङले (RC) बताए । सुविधा सम्पन्न हलमा आयोजना हुने सो ल्होसार कार्यक्रममा सम्बन्धित तमू (गुरुङ) व्यक्तिहरुलाई रिपा लगाई स्याई स्याई त्हें गरिने र स्वादिष्ट नेपाली खानाको परिकारको व्यवस्था समेत गरिने संस्थाका केन्द्रीय महासचिव वाईबि गुरुङले स्पष्ट पारे ।

तमू धीं दक्षिण कोरियाद्धारा आयोजना हुने उक्त “तमू ल्होसार २०८१” लाई सभ्य र भव्य रुपमा सफल बनाउन कोरियामा रहेका सम्पूर्ण तमू (गुरुङ) तथा गैर तमू दाजुभाई तथा दिदीबहिनीहरु एवं संघसंस्थाहरुलाई गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्मृतिमा ‘स्मृति साँझ–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्म…

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्मान तथा आयव्यय सार्वजनिक कार्यक्रम आयोजना हुँदै

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्म…

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा बाढीपीडितका लागि १ कराेड भन्दा बढि सहयोग

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा बाढीपहिरो पीडितका लागि ६७ लाख ८० हजार रुपैयाँ सहयोग

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजना हुदैँ

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने