BREAKING NEWS : कोरियाका राष्ट्र्पतिविरुद्धको महाअभियोग प्रस्ताव पारित, पदबाट निलम्बन
प्रधानमन्त्री हान दक सु कार्यवाहक राष्ट्रपति
दक्षिण कोरियाका राष्ट्र्पति युन सक यल विरुद्धको महाअभियोग प्रस्ताव कोरियाको राष्ट्रियसभाबाट बहुमतले पारीत भएको छ । ३०० मत मध्य २०४ जनाले पक्षमा ८५ जनाले विपक्षमा मतदान गरेका थिए भने ३ जना अनुपस्थित र ८ जनाको मत रद्ध भएको थियो ।
प्रस्ताव पारित भएसंगै युन पदबाट निलम्बनमा परेका छन् । अब प्रधानमन्त्री हान दक सुले कार्यभार राष्ट्रपतिको पद सम्हाल्ने छन् । राष्ट्रिय सभाबाट पारीत प्रस्ताव उपर संवैधानिक अदालतमा बहस हुनेछ । संवैधानिक अदालतले दोषी ठहर गरेमा पूर्ण रुपमा पदमुक्त भइ कारवाही पनि हुनेछ ।
राष्ट्रपति यलले ११ दिन अघि देशमा आपतकालिक सैन्य शासन लागु गरेका थिए भने त्यस्को ६ घन्टा मै फिर्ता लिएका थिए । त्यसपछी राष्ट्रव्यापी नागरिक आन्दोलन समेत जारी छ ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया