कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
दक्षिण कोरियामा डिसेम्बर १५ तारिख आइतबारका दिन चसोक तङनाम मनाइने भएको छ। उक्त दिन चुम्लुङ कोरिया सौल केन्द्रले चासोक मनाउने भएको हो। विगतका वर्षहरुमा झै यो वर्षपनि विभिन्न साँस्कृतिक झाँकी, मौलिक लिम्बू परिकारको साथमा तङनाम मनाइने आयोजकले जनाएको छ।
चासोक तङनाममा कोरियामा रहेका गायक पेपराज माबोहाङ, सुमन लिम्बू, भीमसागर मादेम्बा, सायल हेल्लोक, मिथुन तुम्बापो र मन्दिरा नेम्बाङको सांगीतिक प्रस्तुति रहनेछ भने केलाङ र धान नाच समेत रहने छ। चासोक सेवा अनुष्ठान गर्ने कार्यक्रम सँगै लिम्बू मौलिक परिकार याङ्बेन, तिते, फाक्सा आदि पनि रहने अध्यक्ष विनोद सौदेनले फोनिज कोरियालाई जानकारी गराएका छन्।
लिम्बू समुदायमा नयाँ अन्नबाली पितृहरुलाई चढाएर मात्र ग्रहण गर्ने परम्परा रहिआएको छ यसैलाई चासोक भनिन्छ। गतवर्ष गायक शाइल लिम्बूको साथमा चुम्लुङ कोरियाले तङनाम मनाएको थियो।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया