BREAKING NEWS : दक्षिण कोरियाका राष्ट्रपतिद्धारा कोरियामा मार्सल ल (प्रत्यक्ष शैन्य शासन) लागु
दक्षिण कोरियाका राष्ट्रपती युन सक यलले कोरियामा ‘मार्शल ल’ अर्थात आपतकालिन शैन्य शासन लागु गरेका छन् ! यो शासनमा राष्ट्रपति नै सर्वेसर्वा हुने गर्दछन् । जुन संवैधानिक मुलुकका कु को रुपमा समेत हेर्ने गरिन्छ । यस्तो शासन व्यवस्था युद्ध, आन्दोलन तथा दैवि प्रकोपका बेला लागु गर्ने गरिन्छ । मंगलबार राती १० बजेर २५ मिनेटमा राष्ट्रको नाममा आपतकालीन टेलिभिजन सम्बोधन गर्दै राज्य विरोधी शक्तीहरु सलबलाएकाले आफ्नो मुलुकको रक्षाका निम्ती यस्तो निर्णय गर्नुपरेको बताएका थिए ।
उत्तर कोरियाले निरन्तर रुपमा दिइरहेको आक्रमणको धम्की तथा दक्षिण कोरिया भित्रै राज्यविरोधी शक्तीहरुको गतिविधी बढ्दै गएको उनले बताएका थिए ।
त्यस्तै संसदमा समेत राष्ट्रपतीले प्रस्तुत गरेका एजेन्डाहरुमा पनि समर्थन नपाएको उनको भनाइ थियो ।
राती अबेर आकस्मिक रुपमा वाइटिएन टेलिभिजनबाच प्रसारित सम्बोधनमा युनले संवैधानिक व्यवस्थाको रक्षा र मुलुकको स्वतन्त्रताका निम्ती यो शासन लागु गरिएको घोषणा गरेका थिए । उनले विपक्षी दलहरुले संसदिय प्रक्रियालाइ बन्धक बनाएर देशलाइ संकटमा पारेको जनाउँदै यि सबै समस्याबाट जोगाउन आफुसंग अरु विकल्प नभएको समेत स्पष्ट पारेका थिए ।
कोरियामा राष्ट्पतिको दल पिपुल पावर पार्टी र डेमोक्रेटिक पार्टिबिच आगामी बर्षको बजेट बिधेयकका बारेमा विवाद चर्किएको छ । साथै विपक्षी पार्टीले राष्ट्रपति की पत्नी तथा अन्य शिर्ष पदाधिकारीमाथि लागेको भ्रष्टाचारको आरोपमा छानविनका लागी दवाव दिँदै आएको छ ।
युनको यो घोषणा संगै विपक्षी डेमोक्रेटिक पार्टीले आपतकालिन बैठक बोलाएको छ । संसदमा डोमोक्रेटिक पार्टीको बहुमत रहेको छ ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया