ट्रम्प र कोरियाली राष्ट्रपति यून बीच टेलिफोन कुराकानी, २ कोरियाबीच उत्पन्न तनावका विषयमा पनि छलफल
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति यून सक यल बीच टेलिफोन कुराकानी भएको छ । उनीहरुबिच बिहिबार बिहान करिब १२ मिनेट कुराकानी भएको थियो । राष्ट्रपति यूनले ट्रम्पलाई बधाई दिन टेलिफोन गरेका थिए । कुराकानीको क्रममा सुरक्षा, अर्थतन्त्र र विश्वव्यापी मुद्धाहरुमा छलफल भएको साथै ट्रम्पलाई छिट्टै कोरिया भ्रमणको निम्तो समेत दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । ट्रम्प को पहिलो कार्यकालमा जापान, दक्षिण कोरिया र अमेरिका बीच त्रिपक्षीय सम्बन्ध बलियो भएको स्मरण गराउँदै आगामी दिनमा पनि सोही अपेक्षा गरेको बताएका थिए । उनीहरुबिच उत्तर कोरियाले हिजो मात्रै गरेको मिसाइल परीक्षण तथा रुसमा सेना तै नाथ गरेको र २ कोरियाबीच उत्पन्न तनाब का बिषय मा पनि कुराकानी भएको थियो ।
ट्रम्प ले आफ्नो कार्यकालमा कोरिया र अमेरिकाबीच सम्बन्ध थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । यता कोरियाको राष्ट्रपति कार्यालयले भने ट्रम्प ले कार्यभार सम्हाल्नु अघि नै दुई राष्ट्रपति बीच भेटघाटको व्यवस्था मिलाउन लागेको जनाएको छ। ट्रम्पले जनवरीबाट आधिकारिक रुपमा पदभार ग्रहण गर्नेछन् । सो अघि नै भेटघाटको लागी टेलिफोनमा ट्रम्प सहमत भएका छन् ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया