कोरिया आएको २ महिनामै क्यान्सर, अस्पतालबाट सहयोगको अपिल गर्दै अमृत

नेपालबाट दक्षिण कोरिया प्रवेश गरेको दुई महिना पनि नपुग्दै एकजना नेपाली विद्यार्थी क्यान्सरजस्तो गम्भीर रोग लागेर अस्पतालमा उपचार गराइरहेका छन् । नेपालको झापा स्थायी घर भएका अमृत राजवंशी जुङ्बुक विश्वविद्यालय दक्षिण कोरियाको पहिलो सेमेस्टरका विद्यार्थी हुन्। उनलाई केही समय अगाडि मेकेल्स डाइभर्टीकुलम ( अर्थात् सानो आन्द्राको क्यान्सर) भएको पत्ता लागेपछि अहिले गोयाङस्थित म्यङ्जी अस्पतालमा उपचार जारी छ । उनको पहिलो शल्यक्रिया सफल भइसकेको र दोस्रो शल्यक्रिया तुरुन्त गर्नुपर्ने अवस्था रहेको छ । अस्पतालका डाक्टरका अनुसार अझै १ महिना अस्पताल बस्नुपर्ने जनाइएको छ । यस्तोमा उपचार प्रक्रियामा ठुलो रकम खर्च हुने निश्चित छ। कोरिया आएको धेरै नभएको तथा आर्थिक अवस्था समेत अत्यन्तै कमजोर रहेकाले कोरिया वासी नेपालीहरूमा सहयोगको अपिल गरिएको छ ।
उनको उपचारका लागी आवश्यक सहयोगका लागी कोरियामा रहेका विद्यार्थीहरूको साझा संस्था सोन्सिकले संयोजन गरिरहेको छ ।
परदेशमा रोगले थलिएका अमृतको उपचारमा कोरिया वासी नेपालीहरू बीच यसै भिडियोमार्फत सहयोगको अपिल गर्दछौँ ।
सहयोगका लागी सोनसिकको उरी बैङ्कमा रहेको खाता नम्बर
१००५-३०२-७५३५६४ मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । साथै थप जानकारीका लागी सोनसिक सभापति तथा सचिवको दिइएका नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्मृतिमा ‘स्मृति साँझ–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्म…

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्मान तथा आयव्यय सार्वजनिक कार्यक्रम आयोजना हुँदै

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्म…

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा बाढीपीडितका लागि १ कराेड भन्दा बढि सहयोग

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा बाढीपहिरो पीडितका लागि ६७ लाख ८० हजार रुपैयाँ सहयोग

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजना हुदैँ

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने