कोरिया आएको २ महिनामै क्यान्सर, अस्पतालबाट सहयोगको अपिल गर्दै अमृत
नेपालबाट दक्षिण कोरिया प्रवेश गरेको दुई महिना पनि नपुग्दै एकजना नेपाली विद्यार्थी क्यान्सरजस्तो गम्भीर रोग लागेर अस्पतालमा उपचार गराइरहेका छन् । नेपालको झापा स्थायी घर भएका अमृत राजवंशी जुङ्बुक विश्वविद्यालय दक्षिण कोरियाको पहिलो सेमेस्टरका विद्यार्थी हुन्। उनलाई केही समय अगाडि मेकेल्स डाइभर्टीकुलम ( अर्थात् सानो आन्द्राको क्यान्सर) भएको पत्ता लागेपछि अहिले गोयाङस्थित म्यङ्जी अस्पतालमा उपचार जारी छ । उनको पहिलो शल्यक्रिया सफल भइसकेको र दोस्रो शल्यक्रिया तुरुन्त गर्नुपर्ने अवस्था रहेको छ । अस्पतालका डाक्टरका अनुसार अझै १ महिना अस्पताल बस्नुपर्ने जनाइएको छ । यस्तोमा उपचार प्रक्रियामा ठुलो रकम खर्च हुने निश्चित छ। कोरिया आएको धेरै नभएको तथा आर्थिक अवस्था समेत अत्यन्तै कमजोर रहेकाले कोरिया वासी नेपालीहरूमा सहयोगको अपिल गरिएको छ ।
उनको उपचारका लागी आवश्यक सहयोगका लागी कोरियामा रहेका विद्यार्थीहरूको साझा संस्था सोन्सिकले संयोजन गरिरहेको छ ।
परदेशमा रोगले थलिएका अमृतको उपचारमा कोरिया वासी नेपालीहरू बीच यसै भिडियोमार्फत सहयोगको अपिल गर्दछौँ ।
सहयोगका लागी सोनसिकको उरी बैङ्कमा रहेको खाता नम्बर
१००५-३०२-७५३५६४ मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । साथै थप जानकारीका लागी सोनसिक सभापति तथा सचिवको दिइएका नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया