काेरियाबाट पैसा पठाएर काठमाण्डौमा घर जित्न अब ३ साता मात्र बाँकी
कोरियाबाट फोनमनी मार्फत पैसा पठाएर काठमाण्डौमा घर जित्ने याेजनामा सहभागि हुन अब ३ साता मात्र बाँकी रहेको छ । ईसेवा मनी ट्रान्सफरको ग्लोबल अफर अन्तर्गत कोरियाको आधिकारिक रेमिट फोनमनीबाट ईसेवा मनी ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउँदा यो योजनामा सहभागी हुन सकिने छ ।
चाडवाड लक्षित यो योजना कार्तिक ३० गते सम्म मात्र रहेको कम्पनीले जानकारी दिएको छ । कोरियाबाट पैसा ईसेवामा,घर काठमाण्डौमा भनेर फोनमनी मार्फत कोरियाबाट पैसा पठाउन सकिने बताइएको छ । ईसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच ईमाडोलमा रहेको घर सार्वजनिक गरेका थिए ।
यसैगरी फोन मनीले २०२४ भित्र कारोबार गर्ने मध्येबाट १ जनालाई कोरियामा करोडपति बनाउने भएको छ । यसको साप्ताहिक अफरमा हरेक साता १ जनाको पैसा डबलको अफर पनि चलिरहेको छ । जस अन्तर्गत गत साता श्रीकृष्ण तिमिल्सिना १३ औ पैसा डबल विजेता बने भने त्यस अघि १२ औं विजेता बिसाल गुरुंग थिए । १३ जना पैसा डबलको विजेता बनेपछि यो योजना कोरियाको नेपाली माझ प्रख्यात भएको छ । १३ जनाको पैसा डबल भएपछि थप अवधिमा पैसा डबल र १ करोड वन जित्नका लागि नेपालीहरूले चासो व्यक्त गरिरहेको कम्पनीको दावी छ ।
१ करोड को योजना रहेको २०२४ को बर्षभरि साप्ताहिक फोनमनीको पैसा डबल योजना रहने कम्पनीले जनाएको छ । हरेक साता सोमबारबाट आइतबार सम्म पैसा पठाउने मध्येबाट १ जना विजेता बन्न सक्नेछन् । फोनमनीले शून्य सेवा शुल्कमा ग्राहकलाई उत्कृष्ट सेवा दिनुको साथै डिभाईस डिटेक्टर प्रविधिबाट सुरक्षाको पनि विशेष प्रबन्ध गरेको छ ।
नेपालीको विश्वासिलो रेमिट फोनमनीले संचालनको छोटो समयमा नेपाली ग्राहकहरूले दिनुभएको साथ र समर्थनको लागि धन्यवाद समेत व्यक्त गरेको छ ।
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया