पहिलो एशिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी कोरियामा

पहिलो पटक हुन लागेको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडीको टोली दक्षिण कोरियामा अवतरण गरेकाे छ । 

सन् २०१३ मा स्थापना भएको अन्तर्राष्ट्रिय ट्रेल रनिङ एशोसिएसनले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा नेपालका खेलाडी पनि सहभागि हुने भएका हुन् । दक्षिण कोरियामा यही अक्टुवर २३ तारिकदेखि २७ तारिखसम्म हुने च्याम्पियनसिपमा भाग लिन जाने खेलाडीहरूमा गोपाल तामाङ लामा, मनकुमार मगर, प्रिया राई, रसिला तामाङ, तिलक सुनुवार र तिर्थ तामाङ रहेका छन् ।  नेपालबाट १० जना खेलाडी सहभागी हुने भनाएकोमा ६ जनाको मात्र भिषा लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा विश्वका २५ देशका ४ सय भन्दा बढि धावकहरुले भाग लिने अनुमान गरिएको छ ।    प्रतियोगितामा सहभागि हुने खेलाडीहरुका लागि आयोजक संस्थाले विभिन्न मापदण्डहरु तय गरेको छ । अन्तर्राष्ट्रिय ट्रेल रनिङ एशोसिएसनले पहिलो पटक एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिप आयोजना गर्ने निणर्य गरेपछि च्याम्पियनसिप आयोजना गर्न इच्छुक देशहरूका लागि बोलपत्र समेत खोलेको थियो । जसमा पोखरा ट्रेल रेस शृंखलाका राजीव श्रेष्ठले पनि प्रतियोगितालाई नेपालको पोखरामा ल्याउन आवेदन गरेको भएपनि कोरियन ट्रेल सञ्चालन गर्ने आयोजक कम्पनी जेएससिईएनओले जिम्मेवारी पाएको हो ।   पोखरा ट्रेल दौड प्रतियोगिताका संस्थापक समेत रहनुभएका श्रेष्ठले ट्रेल दौड खेलकुदको विकास, नेपाली ट्रेल धावकहरूको उत्थान र खेल पर्यटन प्रवद्धन गर्न पोखरालाई ट्रेल दौड गन्तव्यको रूपमा प्रस्तुत गर्नुभएको थियो ।    प्रतियोगितामा सहभागि हुन ६ नेपाली धावकका लागि आवेदन दिईएकोमा पछि प्रतियोगितामा भाग लिनका लागि व्यक्तिगत रूपमा आवेदन दिएका अन्य ४ धावकलाई समेत नेपाल रोस्टरमा थपिएको थियो । आयोजक र कोरियालीसँग समन्वय गर्ने जिम्मा श्रैष्ठले पाएका थिए । नेपालस्थित दूतावासले भिसा अपोइन्टमेन्ट मिति सुरक्षित गर्नको लागि, कणर्ाली स्पोर्ट्स क्लबका सरोजले नेपाल खेलकुद परिषद्लाई फलोअप गर्ने र आवश्यक परेको खण्डमा सबै दश खेलाडीहरूलाई सहयोग गर्न पहल गरेको भएपनि चार जना खेलाडीको भिषा नलागेको बताईएको छ ।  उनिहरुका लागि विमानको टिकट खर्च व्यवस्थापनका लागि आर्थिक सहयोग हङकङमा रहेको कम्पनी एचके १०० वाट प्राप्त भएको थियो ।  स्टिभ ब्रामर र जेनेट एनजी, HK100 का रेस निर्देशकहरूले नेपाली टोलीलाई विश्वास गरेर आर्थिक सहयोग उपलव्ध गराएका हुन् ।  प्रमुख प्रायोजक एचके १०० सँगै नेपाली स्थानीय फिटनेससंस्थाहरु, अनलाइन हब, फिट नेपाल काठमाण्डौले पनि काठमाण्डौंदेखि आईसिएन र आइसिएन वाट उल्सान सम्मको टिकटको लागि सहयोग गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

कमला के.सी

कमला के.सी कोरियामा रहेर सक्रिय पत्रकारिता गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्मृतिमा ‘स्मृति साँझ–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्म…

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्मान तथा आयव्यय सार्वजनिक कार्यक्रम आयोजना हुँदै

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्म…

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा बाढीपीडितका लागि १ कराेड भन्दा बढि सहयोग

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा बाढीपहिरो पीडितका लागि ६७ लाख ८० हजार रुपैयाँ सहयोग

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजना हुदैँ

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने