दक्षिण कोरियाको छल्लानाम्दोमा ‘ एक साता लामो ग्लोबल कल्चर नेपाल’ प्रदर्शनी हुने

दक्षिण कोरियाको छल्लानाम्दो प्रदेश स्थित यङआम गाँउपालिका अन्तर्गत बिबिध साँस्कृतिक कम्प्लेक्समा द फस्ट ग्लोबल कल्चर वीक नेपाल प्रदर्शन हुने भएको छ ।
माक्पो, साम्हो साझा चौतारी नेपाल दषिण कोरियाद्धारा नेपाल र नेपाली जनजीवन खानपान, नेपाली कला संस्कृती तथा रितीरिबजाका साथै नेपाली भाषाको प्रवद्र्धनका लागि कार्यक्रम गर्न थालिएको हो । यहि अक्टोबर २० गतेदेखि सातासम्म संचालन हुने प्रदर्शनीमा नेपाल देखि बौद्ध हिन्दु धर्मका बिबिध प्रतिमाहरु थांका, बाजा तथा लुगा कपडा साथै रामायण, श्रीमद्भागवत, त्रीपिटक र नेपाल बारे कोरियालीहरुले लेखेका एघारवटा पुस्तक तथा नेपाली सुजन शाक्यले लेखेका २ पुस्तकको प्रदर्शनी गरिने भएको छ ।
त्यसैगरी नेपालमा सम्भावित व्यापार ब्यावसाय गर्न सकिने गाइड बुकहरु समेत प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ । नेपालको पर्यटन प्रवद्र्धन समन्धी सामाग्री साथै डकुमेन्ट्री तथा ३ वटा नेपाली चलचित्र देखाइने प्रदर्शनीमा नेपाली समुदायबाट प्रतिनिधित्व गर्ने मोक्पो साम्हो साझा चौतारीका अध्यक्ष रिक्की गुरुङले बताउनुयो ।््
उक्त क्षेत्रमा वसोवास गर्नुहुने नेपाली दाजुभाइ दिदिबहिनीहरुले उक्त कार्यका लागि आर्थिक अभियान समेत चलाएका छन् । कार्यक्रमका लागि नेपाली राजदुतावास र तिब्बतियन म्युजियमको सहयोग रहेको छ । नेपाल र नेपाली समन्धी सकेसम्म सबै जिज्ञासा मेटाउन कोसिस गरिएको उक्त प्रदर्शनीमा नेपाली तथा कोरियाली लोक साँस्कृतिक कार्यक्रम पनि हुने भएको छ । कोरियालीहरुलाइ नेपाली खानाको अनुभव पनि गराइने आयोजकले जनाएको छ ।

कमला के.सी

कमला के.सी कोरियामा रहेर सक्रिय पत्रकारिता गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्मृतिमा ‘स्मृति साँझ–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्म…

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्मान तथा आयव्यय सार्वजनिक कार्यक्रम आयोजना हुँदै

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्म…

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा बाढीपीडितका लागि १ कराेड भन्दा बढि सहयोग

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा बाढीपहिरो पीडितका लागि ६७ लाख ८० हजार रुपैयाँ सहयोग

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजना हुदैँ

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने