दक्षिण कोरियामा ठोरी समाज गठन, अध्यक्षमा निराज पाख्रीन चयन

 रोजगारी तथा उच्च शिक्षा अध्ययनको सिलसिलामा दक्षिण कोरिया बस्नुहुने ठोरी गापा भरिको युवाहरूले "ठोरी समाज दक्षिण कोरिया समिति" गठन गरेको छ । आइतबार बसेको भेलाले  ठोरी-४, मिलचोक स्थायी घर भई हाल दक्षिण कोरिया बस्नुहुने युवा समाजसेवी निराज पाख्रीनको अध्यक्षतामा ३६ सदस्यीय कार्यसमिति गठन गरेको हो । 

दक्षिण कोरिया जस्तो मुलुकमा छरिएर रहेका ठोरी गापाका युवाहरूलाई एकताबद्ध गरि सुखदुखमा साथ दिन, कोरिया तथा आफ्नो गाउँटोलमा भईपरि आउने समस्याहरुलाई प्रवासबाट पनि योगदान दिने उदेश्यले यो संस्थाको स्थापना भएको यस संस्थाका संरक्षक संयोजक नीर बहादुर बोम्जनले जानकारी दिए । संरक्षका बोम्जन ज्युले आज भएको भेलालाई संयोजन समेत गरेका थिए । 

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष निराज तामाङ, वरिष्ठ उपाध्यक्ष सुमित खड्का, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष राज लोपचन, महासचिव प्रदिप तिमिल्सिना, सचीव पुष्पा पाख्रीन, सचिव बिरेन पाख्रीन, कोषाध्यक्ष सागर न्यौपाने, सहकोषाध्यक्ष अर्जुन लामा लगायतका पदाधिकारी निर्वाचित भएका छन् । त्यस्तै सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार पदम श्रेष्ठ, रन्जित श्रेष्ठ, ओकराज लामा, वीर बिक्रम बिक, नवराज श्रेष्ठ र संरक्षक संयोजकमा नीर बहादुर बोम्जन र युवा संरक्षकमा बिनोद पाख्रीन सहित ३६ जना संस्थापक सदस्य चयन भएको छ । 

सामाजिक कार्यहरूमा हातेमालो गर्ने उदेश्यका साथ गठन  गर्न बसेको उक्त भेलालाई उपाध्यक्ष तथा युवा समाजसेवी राजेन्द्र श्रेष्ठले सहजीकरण गरेको थियो । आज्को भेलामा उपस्थित हुन नसकेका र यो समाचारको आधारमा जानकारी पाएका ठोरीवासी युवाहरुलाई संस्थाको सम्पर्कमा आउन अध्यक्ष निराज पाख्रीनले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्मृतिमा ‘स्मृति साँझ–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्म…

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्मान तथा आयव्यय सार्वजनिक कार्यक्रम आयोजना हुँदै

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्म…

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा बाढीपीडितका लागि १ कराेड भन्दा बढि सहयोग

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा बाढीपहिरो पीडितका लागि ६७ लाख ८० हजार रुपैयाँ सहयोग

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजना हुदैँ

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने