दक्षिण कोरियामा ठोरी समाज गठन, अध्यक्षमा निराज पाख्रीन चयन
रोजगारी तथा उच्च शिक्षा अध्ययनको सिलसिलामा दक्षिण कोरिया बस्नुहुने ठोरी गापा भरिको युवाहरूले "ठोरी समाज दक्षिण कोरिया समिति" गठन गरेको छ । आइतबार बसेको भेलाले ठोरी-४, मिलचोक स्थायी घर भई हाल दक्षिण कोरिया बस्नुहुने युवा समाजसेवी निराज पाख्रीनको अध्यक्षतामा ३६ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
दक्षिण कोरिया जस्तो मुलुकमा छरिएर रहेका ठोरी गापाका युवाहरूलाई एकताबद्ध गरि सुखदुखमा साथ दिन, कोरिया तथा आफ्नो गाउँटोलमा भईपरि आउने समस्याहरुलाई प्रवासबाट पनि योगदान दिने उदेश्यले यो संस्थाको स्थापना भएको यस संस्थाका संरक्षक संयोजक नीर बहादुर बोम्जनले जानकारी दिए । संरक्षका बोम्जन ज्युले आज भएको भेलालाई संयोजन समेत गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष निराज तामाङ, वरिष्ठ उपाध्यक्ष सुमित खड्का, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष राज लोपचन, महासचिव प्रदिप तिमिल्सिना, सचीव पुष्पा पाख्रीन, सचिव बिरेन पाख्रीन, कोषाध्यक्ष सागर न्यौपाने, सहकोषाध्यक्ष अर्जुन लामा लगायतका पदाधिकारी निर्वाचित भएका छन् । त्यस्तै सल्लाहकार समितिमा वरिष्ठ सल्लाहकार पदम श्रेष्ठ, रन्जित श्रेष्ठ, ओकराज लामा, वीर बिक्रम बिक, नवराज श्रेष्ठ र संरक्षक संयोजकमा नीर बहादुर बोम्जन र युवा संरक्षकमा बिनोद पाख्रीन सहित ३६ जना संस्थापक सदस्य चयन भएको छ ।
सामाजिक कार्यहरूमा हातेमालो गर्ने उदेश्यका साथ गठन गर्न बसेको उक्त भेलालाई उपाध्यक्ष तथा युवा समाजसेवी राजेन्द्र श्रेष्ठले सहजीकरण गरेको थियो । आज्को भेलामा उपस्थित हुन नसकेका र यो समाचारको आधारमा जानकारी पाएका ठोरीवासी युवाहरुलाई संस्थाको सम्पर्कमा आउन अध्यक्ष निराज पाख्रीनले आग्रह समेत गरेका छन् ।
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया