गुल्मी सम्पर्क समिती कोरियाको नवौँ अधिवेशन सम्पन्न
अध्यक्षमा जिवन न्यौपाने
दक्षिण कोरियामा सक्रिय गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो नवौं अधिवेशन छुसकको अवसर पारी सेप्टेम्बर १६ तारिक दोङ्देमुनमा रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ। नवौं अधिबेशनबाट जीवन न्यौपानेको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ।
“प्रवासमा गुल्मेली एकता,एक आपसमा सहयोग आजको आवश्यकता” भन्ने मुल नारा लिएर सन २००७ सालमा स्थापित गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सम्पन्न गरेको आफ्नो नवौं अधिबेशन बाट जीवन न्यौपानेको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो।
नया कार्यसमितिको अध्यक्षमा जीवन न्यौपाने,बरिष्ठ उपाध्यक्षमा प्रकाश न्यौपाने,उपाध्यक्षमा युवराज गौतम, कुमार दर्लामी,यमलाल अर्याल,सचिवमा शुशील बिश्वकर्मा,सहसचिवमा विश्वनाथ गौतम,कोषाध्यक्षमा-प्रमेश्वर रिजाल,सहकोषाध्यक्षमा रिसब गौतम र सदस्यहरुमा रीखिराम घिमिरे,सन्दिप न्यौपाने,सुमन गिरी ,धिरज खड्का गरी १३ सदस्य नयाँ कार्यसमिति गठन गरिएको छ।
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया