इपिएस मार्फत कोरिया आउँदा लाग्ने हवाई टिकटको भाडा नघट्ने

रोजगारीका लागि कोरिया जाने श्रमिकका लागि हवाई कम्पनी छनोट प्रक्रिया अवरुद्ध भएको छ ।

वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले २७ असारमा टेन्डर आह्वान गरेको थियो । तर कोरियन एयरको नेपाली एजेन्टले हालेको मुद्दामा सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश दियो, यसले कोरिया जाने श्रमिकहरु सामान्यभन्दा दोब्बर भाडा तिरेर कोरिया जानुपर्ने बाध्यता कायमै रहने भएको छ ।

ईपीएस कोरियन भाषा पास गरेर हरेक वर्षमा १२ देखि १५ हजार श्रमिक कोरियामा रोजगारीका लागि पुग्छन् । सरकारले गरेको सम्झौता अनुसार कोरिया जाने श्रमिकहरु कोरियन एयरमार्फत नै जानपर्छ । एकतर्फी टिकटका लागि ८९५ अमेरिकी डलर अर्थात् करिब १ लाख २० हजार रुपैयाँ तिर्नुपर्छ ।

जबकी नेपाल एयरलाइन्स्का साथै थाई, क्याथे प्यासेफिक, विस्तारा लगायतका एयरलाइन्सले यो रुटमा एकतर्फी भाडा न्यूनमत ३१ हजारसम्म लिने गरेका छन् ।

ईपीएस कोरिया शाखाले आह्वान गरेको टेण्डरमा पनि सस्तो दरमा श्रमिक कोरिया पुर्‍याउने गरी प्रस्ताव गरेको थियो । तर सोझौ उडानमार्फत लैजानुपर्ने भन्दै कोरियन एयरसँग माघ २०७९ मा एक वर्षका लागि प्रतिव्यक्ति ८९५ डलरको भाडादरमा लैजाने गरी सम्झौता गर्‍यो ।

महंगो भाडादरमा जान बाध्य पारेको भनेर त्यसबेला पनि प्रश्न उठेको थियो । तर ईपीएस कोरिया शाखाले बरु बढीमा एक वर्षसम्मका लागि भन्दै म्याद थप गरिदियो ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले मन्त्री पदबाट बहिर्गमन हुने समयमा छिटो नयाँ टेन्डरको सूचना निकाल्न निर्देशन दिए । यसअनुसार भएको टेन्डरमा आधा दर्जन कम्पनी प्रतिस्पर्धामा आएका थिए ।

कोरियन एयरको नेपाली एजेन्ट युनिर्भसल टुर्स एन्ड ट्राभल्सले आगामी माघसम्म नै श्रमिकलाई अहिलेको मूल्यमै कोरिया लैजान पाइरहनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा मुद्दा हाल्यो । । १४ साउनमा सर्वोच्चका न्यायधीश टेकप्रसाद ढुंगानाको इजलासले कम्पनी छनोटको प्रक्रियालाई यथास्थितिमा राख्न अन्तरिम आदेश दियो ।

लगतै ईपीएएस कोरिया शाखाले न्तरिम आदेशसम्बन्धी छलफल भई मुद्दाको टुंगो नलागेसम्म बोलपत्र खोल्ने प्रक्रिया रोकिएको सूचना नै निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्मृतिमा ‘स्मृति साँझ–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्म…

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्मान तथा आयव्यय सार्वजनिक कार्यक्रम आयोजना हुँदै

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्म…

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा बाढीपीडितका लागि १ कराेड भन्दा बढि सहयोग

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा बाढीपहिरो पीडितका लागि ६७ लाख ८० हजार रुपैयाँ सहयोग

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजना हुदैँ

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने