आज कोरियाको 현충일, अर्थात स्मृती दिवस
आज कोरियाको 현충일, अर्थात कोरियाली युद्धका शहिदहरु को सम्झनामा मनाइने स्मृती दिवस । आज कोरियाभर सार्वजनिक बिदा दिइन्छ । हरेक बर्षको जुन ६ तारिकलाइ ह्यन्चुङइलको रुपमा मनाइने गर्दछ । आजपनि ६५ औँ स्मृति दिवस कोरियाको सउल राष्ट्रिय समाधि स्थलमा यो दिवस भव्यताका साथ मनाइएको छ । समाधिस्थल रहेका शहिदहरु को चिहानमा फुल चढाउँदै मौन धारण गरी उनीहरुको त्याग र बलिदानको सम्मान गरिएको छ । उक्त सार्वजनिक कार्यक्रममा कोरियाका राष्ट्रपति युन सक यल पनि सहभागी भएका थिए ।
यो दिन कोरियाको राष्ट्रिय झण्डा पनि आधा झुकाइने गर्दछ। आफ्नो राष्ट्र र राष्ट्रियताका खातिर ज्यानको बाजी लगाइ आजको यो कोरिया बन्न महत्वपूर्ण भुमिका खेल्नेहरुलाइ आज ठुलो सम्नान पनि गर्ने गरिन्छ । सन् १९५० देखी शुरु भइ ३ बर्ष सम्म चलेको कोरियाली युद्धको क्रममा २५ लाख भन्दा बढी मानिसको ज्यान गएको थियो । जसमा दक्षिण कोरियाका मात्रै १० लाख जना नागरिक थिए, भने २ लाख १७ हजार जना सैनिक थिए । ४ लाख २९ हजार जना दक्षिण कोरियालीहरु घाइते भएका थिए । कोरियाली युद्ध सकिएको ३ बर्षपछी सन् १९५६ बाट तिनै शहिदहरु को सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया