गण्डकी प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा गण्डकी कप भलिबल प्रतियोगिता आयोजना
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको आयोजनामा गण्डकी कप भलिबल प्रतियोगिता आयोजना गरिएको छ । यही मे महिनाको १२ तारिख आइतबारका दिन सुवन शहरमा प्रतियोगिता संचालन हुँदैछ । कोरियामा भलिबल प्रतियोगिताको सिजन शुरु भएसँगै गण्डकीले पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा टिम दर्ता र टाइसुट भने सम्पन्न भइसकेको छ । कुल २० टिम सहभागी हुने यस प्रतियोगिताका विजेता टिमले २० लाख वन नगद, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय स्थान हासिल गर्ने टिमले १२ लाख वन नगदका साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै सान्त्वना पुरस्कारका रुपमा प्रति टिम ४ लाख वन नगद मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । सुवनस्थित आजु विश्वविद्यालयको खेलमैदानमा आयोजना हुने यो प्रतियोगिता १२ तारिक बिहान ८ बजेदेखि शुरु हुनेछ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । साथै आयोजकले कोरियास्थित भलिबल टिम खेलाडी र खेल प्रेमी सम्पूर्ण दर्शकहरुमा उपस्थितिका लागी आमन्त्रण समेत गरेको छ ।
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
प्रतिक्रिया