महाजात्रा सउल सो‌को आयव्यय सार्वजनिक ७५ लाख वन भन्दा माथि वचत

नेपाली नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान र भेटघाट तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमको अवसर पारेर फेन्थेक स्थित THE ROYAL RESTAURANT मा बागमती प्रदेश एकता समाजको सहकार्यमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ मार्च २४ तारिख सउलको दोङ्देमुनमा प्रदर्शित चलचित्र “महाजात्रा” को हिसाब किताब सार्वजनिक भएको छ।

 

आपतकालीन रात कोष स्थापनार्थ जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” सउल सो प्रदर्शन गरेको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले ७५ लाख १९ हजार ७ वन वचत गरेको हो। चलचित्र प्रदर्शनमा टिकट मार्फत ६५ लाख ७५ हजार वन ,व्यक्तिगत सहयोग मार्फत १३ लाख ७० हजार ८८८ वन , संस्थागत सहयोग मार्फत १३ लाख ५५ हजार वन , कार्यसमितिका पदाधिकारी मार्फत सहयोग २१ लाख ७ हजार ७७५ वन रेमिट र प्रायोजक हरु बाट ६ लाख २ हजार वन गरि जम्मा १ करोड २० लाख १० हजार ६६३ वन आम्दानी गरेको थियो भने चलचित्रको रकम, प्रिन्टिङ,हल भाडा, प्रचार प्रसार र साथमा वृद्धाश्रम सञ्चालन सहयोगार्थ सबै छुट्याउँदा ४४ लाख ९१ हजार ६५६ वन खर्च भएको भएको सस्थाका कोषाध्यक्ष सुरज श्रेष्ठले आयव्यय सार्वजनिक गरि बताएका थिए। फेन्थेकमा आयोजित नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रममा आयव्यय सार्वजनिक गरि राहतकोष तथा कोष ब्यबस्थापन सम्बन्धि कार्यविधि पनि तय गरिएको थियो। राहतकोष व्यवस्थापन सम्बन्धि सिन्धुपाल्चोकमा कुनै पनि दैवी, भौतिक, व्यक्तिगत प्रकोप परेको खण्डमा, कोरियाभित्र रहेका सिन्धुपाल्चोक बासी साथीभाइहरूलाई कुनै समस्या आइपरेमा, कोरियाभित्र रहनुहुने अन्य जिल्लाका साथीहरूलाई कुनै सहयोग गर्नुपरेमा, सिन्धुपाल्चोक समाज दक्षिण कोरियामा जोडिनुभएका निवर्तमान तथा भूतपूर्व कार्यसमितिका सदस्यहरूलाई कुनै पनि धनजनको समस्या परेमा कोषमा रहेको रकममध्ये ५० लाख वन रातकोषमा राख्ने र बाँकी रकम संस्थाको कोषमा राखेर परिचालन गर्ने निर्णय गरेको थियो। “आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार” भन्ने मूल नारा लिएर सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा रहेका विभिन्न संघसंस्थाहरूसँग हातेमालो गर्दै सामाजिक कार्यहरूमा सहयोग गर्दै आइरहेको छ। यसै सन्दर्भमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको स्थापना कालको एक दशक पुगेको उपलक्ष्यमा यही आउँदो जुन महिनाको अन्तिम हप्ता बृहत रुपमा आफ्नो दशक पुगेको औपचारिक कार्यक्रम साथै पिकनिक कार्यक्रम गर्ने निर्णय समेत भएको छ।

 

 

 

विशाल श्रेष्ठ

विशाल श्रेष्ठ काेरियामा रहेर पत्रकारिता गर्नुहुन्छ । काेरियाबाट विशाल आवाज अनलाइन सञ्चालन गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्मृतिमा ‘स्मृति साँझ–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्म…

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्मान तथा आयव्यय सार्वजनिक कार्यक्रम आयोजना हुँदै

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्म…

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा बाढीपीडितका लागि १ कराेड भन्दा बढि सहयोग

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा बाढीपहिरो पीडितका लागि ६७ लाख ८० हजार रुपैयाँ सहयोग

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजना हुदैँ

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने