फागुन ७ देखि उत्पादनमूलक तर्फको भाषा परीक्षा

परीक्षामा चिट, कपी गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्ने र ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गर्ने

आगामी ७ फागुनदेखि रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तरगत कोरियाली भाषा परीक्षा सुरु हुने भएको छ । एक सूचना जारी गर्दै ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फ जाने श्रमिकहरुको कोरियन भाषा परीक्षा सुरु हुने जानकारी दिएको छ ।

परीक्षा हुनुभन्दा एक दिनअघि ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा परीक्षार्थीले बायोमेट्रिक (फिंगरप्रिन्ट) दर्ता गर्नुपर्नेछ । रजिष्ट्रेसन नम्बरको आधारमा तोकिएको मिति, समय र सिफ्टमा परीक्षार्थी उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । परीक्षाअघि बायोमेट्रिकका लागि २ घण्टा अगावै परीक्षा केन्द्रमा पुगिसक्नुपर्ने छ ।

 

सक्कल राहदानी र प्रवेशपत्र नभएकालाई परीक्षामा सामेल हुन नपाइने सूचनामा उल्लेख छ । सूचनाअनुसार परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान भैंसेपाटीको यूबीटी भवनमा सञ्चालन हुनेछ ।

शाखाले परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिक्स्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको बताएको छ । परीक्षा हलमा एक घण्टाअघि नै ओरियन्टेसन सुरु हुनेछ र बायोमेट्रिक भरिफिकेसन पनि गरिने छ ।

 

परीक्षामा चिट, कपी गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्ने र ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गर्ने सूचनामा उल्लेख छ ।

यसपाली जहाज निर्माण (सिप बिल्डिङ)को भाषा परीक्षामा सहभागी भएकाहरु पनि उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा सहभागी हुँदैछन् । उत्पादनमूलतर्फ आवेदन दिएका १ लाख ६५ हजार भन्दा बढी आवेदक परीक्षामा सामेल हुँदैछन् । सिप बिल्डिङतर्फको परीक्षामा सहभागी भएका करिब २१ हजार २५४ जना परीक्षार्थीहरूले आवेदन भरेकोमा उनीहरु समेत यो परीक्षामा सामेल हुन पाउने गरी तालिका तय भएको हो ।

गत असारमा सिप बिल्डिङका लागि आवेदन दिएर बसेका परीक्षार्थीले समेत उत्पादनमूलक क्षेत्रमा पनि भाषा परीक्षा दिन पाउने गरी १६ पुसमा शाखाले आवदेन खुला गरेको थियो । त्यसअघि साउनमा भएको सिप बिल्डिङका लागि ईपीएस परीक्षामा ३५ हजार सहभागी भएकामध्ये ४ हजारमात्र उत्तीर्ण भएका थिए ।

त्यसपछि उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरेको थियो । तर सन् २०२३ भित्र परीक्षामा सहभागी भएकाहरुले अन्य क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था भएकाले अनुत्तीर्ण भएका ३० हजारलाई आवेदन भर्न दिइएको थिएन ।

तर, परीक्षार्थीले उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी हुनु पाउनुपर्ने भन्दै १८ जनाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । ५ पुसमा अदालतको आदेशपछि १८ जनालाई मात्र ईपीएस परीक्षामा सहभागी हुनका लागि ईपीएस शाखा ग्वार्कोले सूचना निकालेका थियो ।

त्यसपछि पुनः उच्च अदालत पाटमा परेका अर्को रिटमा सुनुवाइ गर्दै अदालतले १३ पुसमा सबैलाई परीक्षार्थीलाई रोक नलगाउन आदेश दिएको थियो । अदलतको आदेशपछि उनीहरुलाई पनि सहभागी हुन पाउने गरी १६ पुसदेखि आवेदन खुला गरिएको थियो ।

त्यसअघि सिप बिल्डिङ क्षेत्रमा सहभागी भएकाले अरु क्षेत्रको परीक्षामा पनि सहभागी हुन पाउनु पर्ने भन्दै आन्दोलन गरेका थिए । आन्दोलनकै क्रममा १२ पुसमा ललितपुरको बालकुमारीमा सुजन रावत र वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

त्यसपछि सरकारले सप बिल्डिङ क्षेत्रमा सहभागी भएकालाई पनि फारम भर्न खुला गरेपछि करिब २१ हजारले मात्रै आवेदन दिएका थिए । ती परीक्षार्थीलाई पनि परीक्षा दिन कोरियाले अनुमति दिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …