कोरियामा ‘२०२४ स्पोर्ट्स ग्लोबल टुरिज्म कन्भेन्सन’ हुँदै
पर्सी अर्थात् फेब्रुअरी ६ तारिख मंगलबार कोरियाको हान्याङ् विश्वविद्यालयमा ‘२०२४ स्पोर्ट्स ग्लोबल टुरिज्म कन्भेन्सन’ को आयोजना गरिएको छ ।
ग्लोबल एनआरएन फाउन्डेशन, नेपाली राजदूतावास दक्षिण कोरिया, हान्याङ विश्वविद्यालय, र एमआइटी ग्रुप फाउन्डेसनको संयुक्त आयोजनामा यो गोष्ठी आयोजना गरिएको हो ।
साहसिक खेलहरूको गन्तब्य मुलुकका रुपमा विकसित हुँदै गइरहेको नेपालमा खेल पर्यटनका संभावनाहरूको उजागर तथा प्रवर्द्धन गर्ने मूल उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो । खेलकुद केबल रँग रमाइलो को विषय मात्रै नभएर विश्वव्यापी रुपमा पर्यटन र उद्योगकै रुपमा विकास भइरहेको सन्दर्भमा नेपालमा विद्यमान संभावनाहरूको खोजी गर्न समेत यो कार्यक्रमले सहयोग गर्ने आयोजकको दाबी छ ।

गोष्ठीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. ज्योती प्याकुरेल भण्डारी, राष्ट्रिय खेलकुद परिषद नेपालका सदस्य सचिव टंक लाल घिसिङ, द. कोरियाका लागि पाकिस्तानी राजदूत नबिल मुनिर, द. कोरियाका लागि कम्बोडियाका राजदूत चिरिङ बटमरेन्से लगायत गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष शेष घले, NRNA ICC अध्यक्ष बिनोद कुँवर, MIT Group Foundation का डाइरेक्टर जमुना घले, हान्याङ विश्वविद्यालयका प्रेसिडेन्ट डा. की जङ लीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
साथै सो कार्यक्रमको अवसरमा नेपाल सरकार हान्याङ विश्वविद्यालय बीच विभिन्न सहकार्यका सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।
यस कार्यक्रम बारे जानकारी दिन शनिबार साँझ सउलमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया