कोरियामा अध्ययनरत नेपाली विद्यार्थीका लागी छात्रवृत्ति प्राप्त गर्ने अवसर
दक्षिण कोरियामा अध्ययन रत २ जना नेपाली विद्यार्थीका लागी छात्रवृत्ति आह्वान गरिएको छ ! नेपाली राजदूतावास दक्षिण कोरियाले आज सार्वजनिक गरेको एक सूचना अनुसार कोरियाको उजुङ शिक्षा तथा संस्कृति फाउन्डेशन ( woojung Education and culture foundation) ले स्नातकोत्तर तथा विद्यावारिधि अध्ययन रत विद्यार्थीका लागी छात्रवृत्ति आह्वान गरेको हो !
कोरियामा अध्ययन रत विद्यार्थी आफैले यो छात्रवृत्तिमा आवेदन गर्न सकिनेछ । छात्रवृत्ति बापत प्राप्त हुने रकम ट्युसन शुल्क तथा आफ्नो गास बासमा खर्च गर्न सकिनेछ ! यसमा आवेदन गर्न चाहने विद्यार्थीले न्यूनतम् बि ग्रेडभन्दा माथि अंक प्राप्त गरेको हुनुपर्नेछ भने, नेपाल सरकारको छात्रवृत्तिमा दक्षिण कोरिया आएका विद्यार्थीहरूले यसमा आवेदन गर्न पाउने छैनन् ! छात्रवृत्ति आवेदन गर्न चाहने विद्यार्थीले सूचनामा उल्लेख गरिएको इमेल आइडी ( [email protected], [email protected]) मा मेल पठाउन सक्नुहुनेछ भने थप जानकारीको लागी दूतावासमा सम्पर्क गर्न सक्नुहुनेछ !
दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्म…
दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्म…
दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…
नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
प्रतिक्रिया