कोरियामा अध्ययनरत नेपाली विद्यार्थीका लागी छात्रवृत्ति प्राप्त गर्ने अवसर
दक्षिण कोरियामा अध्ययन रत २ जना नेपाली विद्यार्थीका लागी छात्रवृत्ति आह्वान गरिएको छ ! नेपाली राजदूतावास दक्षिण कोरियाले आज सार्वजनिक गरेको एक सूचना अनुसार कोरियाको उजुङ शिक्षा तथा संस्कृति फाउन्डेशन ( woojung Education and culture foundation) ले स्नातकोत्तर तथा विद्यावारिधि अध्ययन रत विद्यार्थीका लागी छात्रवृत्ति आह्वान गरेको हो !
कोरियामा अध्ययन रत विद्यार्थी आफैले यो छात्रवृत्तिमा आवेदन गर्न सकिनेछ । छात्रवृत्ति बापत प्राप्त हुने रकम ट्युसन शुल्क तथा आफ्नो गास बासमा खर्च गर्न सकिनेछ ! यसमा आवेदन गर्न चाहने विद्यार्थीले न्यूनतम् बि ग्रेडभन्दा माथि अंक प्राप्त गरेको हुनुपर्नेछ भने, नेपाल सरकारको छात्रवृत्तिमा दक्षिण कोरिया आएका विद्यार्थीहरूले यसमा आवेदन गर्न पाउने छैनन् ! छात्रवृत्ति आवेदन गर्न चाहने विद्यार्थीले सूचनामा उल्लेख गरिएको इमेल आइडी ( [email protected], [email protected]) मा मेल पठाउन सक्नुहुनेछ भने थप जानकारीको लागी दूतावासमा सम्पर्क गर्न सक्नुहुनेछ !
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया