कोरियामा दिमाग खराब प्रदर्शन गरी जाजरकोटका भुकम्प पिडीतलाइ राहात सामाग्री वितरण
दक्षिण कोरियामा नेपाली चलचित्र दिमाग खराबको प्रदर्शन गरी संकलित रकमबाट जाजरकोटका भुकम्प पिडीतलाइ राहात सामाग्री वितरण गरिएको छ । कोरियाका गजेदो, मोक्पो, खिम्जे र खिम्पो शहरमा भुकम्प पिडित सहयोगार्थ चलचित्र प्रदर्शन गरिएको थियो । DSME मगर समाज ले गजेदो सो बाट रु.दुइ लाख,मोक्पो साम्हो साझा चौतारी ले मोक्पो सो बाट रु.एक लाख सत्तरी हजार,खिम्जे नेपाली समाजले खिम्जे सो बाट रु.१ लाख र यसैगरि creative ambition Nepal (CAN) ले खिम्पो सो वाट रु. सत्तरी हजार गरि रु.पाच लाख चालिस हजार जम्मा भएको थियो !
यि चार सहरबाट संकलित रकमबाट जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वार्ड नम्बर ९ का ३०५ घर परिवारलाइ १/१ थान कम्बल हस्तान्तरण गरिएको हो !
हस्तान्तरण कार्यक्रममा भूकम्प पीडितहरूले यो जाडोमा सरकारबाट खासै सहयोग नपाएता पनि दक्षिण कोरियामा रहेर पनि चलचित्र प्रदर्शनबाट पुण्यको काम गरेकोमा आयोजक तथा नेपाली चलचित्रप्रेमी दर्शक सम्पूर्णमा हार्दिक नमन समेत व्यक्त गरेका थिए।
विशाल आवाज मल्टिमिडिया प्रालिले प्रदर्शन अधिकार पाएको चलचित्र दिमाग खराब कोरियाको १४ ओटा सहरमा सहरमा प्रदर्शन भएको थियो !
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया