कोरियामा विवाहीत तथा आश्रित भिषामा रहेका महिलाहरुको शक्ति र साहस विषयक सेमिनार सम्पन्न

दक्षिण कोरियामा विवाहीत तथा आश्रित भिषामा रहेका महिलाहरुलाई लक्षित गरि महिलाहरुको शक्ति र साहस विषयक सेमिनार सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियमा कोरियन नागरिकसँग बिवाह गरेर आएका महिला तथा आश्रित भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई लक्षित गरि सेमिनार आयोजना गरेको हो ।

“कोरियामा विवाहित तथा आश्रित भिषावाहक महिलाहरुको शक्ति र साहस “ बिषयक सेमिनार -२०२४ कार्यक्रम यहि जनवरी १४ तारिक आइतवार सउलमा सम्पन्न कार्यक्रममा बिशेषत कोरियमा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई विभिन्न शिर्षकमा प्रशिक्षण गरिएको थियो कार्यक्रममा कोरियामा कोरियनसंग विवाहित तथा आश्रित भिषा वाहक महिलाहरुको कानुनी पक्ष र अधिकारहरु, भाषिक अधिग्रहण, संस्कृतिक भिन्नता तथा पारिवारिक गतिशिलता र आत्मियताका रणनीतिहरु, कोरियामा नेपाली महिलाहरुको आर्थिक, रोजगारी र सुन्दर भविष्यका चुनौतिहरू र उनिहरुका सफलताका कथाहरु र भावी योजनाका बारेमा कोरियाका कानुनविद पार्क कुमसोङ ( park kumsong), प्रोफेसर योककुक किम (yongkuk kim) नेपाली चेली कोरियन प्रहरीमा कार्यरत सम्झना राई एवं एनआरएनए महिला संयोजक निला राईले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

 

नेपाली समुदायलाई सहयोग पुग्ने गरि कार्यक्रम गरिएको बताउँदै अध्यक्ष बुद्धि गुरुङले आगामी दिनमा पनि अति आवश्यक र ओझेलमा परेका बिषयमा एनआरएनएले काम गर्ने प्रतिबद्धता जनाउनुभयो कार्यक्रममा कोरिया स्थित महिला दिदिबहिनी एवं सक्रिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन संस्थाका महासचिव केशव थापाले गर्नुभएको थियो । उक्त अवसरमा संचारकर्मिहरुलाई सम्मान समेत गरिएको थियो ।

 

कमला के.सी

कमला के.सी कोरियामा रहेर सक्रिय पत्रकारिता गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्मृतिमा ‘स्मृति साँझ–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्म…

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्मान तथा आयव्यय सार्वजनिक कार्यक्रम आयोजना हुँदै

दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्म…

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा बाढीपीडितका लागि १ कराेड भन्दा बढि सहयोग

दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा बाढीपहिरो पीडितका लागि ६७ लाख ८० हजार रुपैयाँ सहयोग

नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना

सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजना हुदैँ

दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने

दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने