कोरियामा विवाहीत तथा आश्रित भिषामा रहेका महिलाहरुको शक्ति र साहस विषयक सेमिनार सम्पन्न

दक्षिण कोरियामा विवाहीत तथा आश्रित भिषामा रहेका महिलाहरुलाई लक्षित गरि महिलाहरुको शक्ति र साहस विषयक सेमिनार सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियमा कोरियन नागरिकसँग बिवाह गरेर आएका महिला तथा आश्रित भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई लक्षित गरि सेमिनार आयोजना गरेको हो ।

“कोरियामा विवाहित तथा आश्रित भिषावाहक महिलाहरुको शक्ति र साहस “ बिषयक सेमिनार -२०२४ कार्यक्रम यहि जनवरी १४ तारिक आइतवार सउलमा सम्पन्न कार्यक्रममा बिशेषत कोरियमा कोरियनसंग बिवाह गरेर आउनु भएका महिला तथा आश्रित भिषामा रहनु भएका महिला दिदीबहिनीहरुलाई विभिन्न शिर्षकमा प्रशिक्षण गरिएको थियो कार्यक्रममा कोरियामा कोरियनसंग विवाहित तथा आश्रित भिषा वाहक महिलाहरुको कानुनी पक्ष र अधिकारहरु, भाषिक अधिग्रहण, संस्कृतिक भिन्नता तथा पारिवारिक गतिशिलता र आत्मियताका रणनीतिहरु, कोरियामा नेपाली महिलाहरुको आर्थिक, रोजगारी र सुन्दर भविष्यका चुनौतिहरू र उनिहरुका सफलताका कथाहरु र भावी योजनाका बारेमा कोरियाका कानुनविद पार्क कुमसोङ ( park kumsong), प्रोफेसर योककुक किम (yongkuk kim) नेपाली चेली कोरियन प्रहरीमा कार्यरत सम्झना राई एवं एनआरएनए महिला संयोजक निला राईले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

 

नेपाली समुदायलाई सहयोग पुग्ने गरि कार्यक्रम गरिएको बताउँदै अध्यक्ष बुद्धि गुरुङले आगामी दिनमा पनि अति आवश्यक र ओझेलमा परेका बिषयमा एनआरएनएले काम गर्ने प्रतिबद्धता जनाउनुभयो कार्यक्रममा कोरिया स्थित महिला दिदिबहिनी एवं सक्रिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन संस्थाका महासचिव केशव थापाले गर्नुभएको थियो । उक्त अवसरमा संचारकर्मिहरुलाई सम्मान समेत गरिएको थियो ।

 

कमला के.सी

कमला के.सी कोरियामा रहेर सक्रिय पत्रकारिता गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …