इपिएस आन्दोलनको मृतकका परिवारलाई कोरियाबाट साढे ७ लाख रुपैयाँ सहयोग
ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का वीरेन्द्र शाहको परिवारलाई कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । कोरियाका नेपालीले संकलन भएकोमध्ये सात लाख सन्ताउन्न हजार रुपैयाँ एक कार्यक्रमकाबीच मृतकका बुवा टेक बहादुर शाहलाई हस्तान्तरण गरिएको हो ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाका वरिष्ठ उपाध्यक्ष महेश बजगाईंले कोरियाबाट पीडित परिवारसँग संवाद र समन्वय गरी यो आर्थिक हस्तान्तरण कार्यक्रमममा समन्वय गरेको बताए । उक्त रकम बुधबार अछाम सेवा समितिले आयोजना गरेको शोक सभामा धनगढीका मेयर गोपाल हमालमार्फत मृतकका बुवा टेकबहादुर शाहलाई हस्तान्तरण गरिएको थियो ।
मृतकका बुवा टेकबहादुर शाहले आफूहरुलाई बज्रपात परेको बेला कोरियाका बस्ने नेपालीहरुले गरेको आर्थिक सहयोगको लागि सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरे ।
यो अभियान सामाजिक अभियन्ता, धनगढी -१ शिवनगर स्थायी बासिन्दा हाल दक्षिण कोरियामा रही विभिन्न सामाजिक कार्यमा अग्रसर युवा व्यक्तित्त्व बी वि सिंह, (भक्तबहादुर सिंह)को अगुवाइमा नेपाली सम्पर्क समितिका अध्यक्ष हरि खनाल, पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किसान गौतम, कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष गणेश कोइराला सुदुरपस्चिम समाज दक्षिण कोरियाका अध्यक्ष दिल बहादुर मडै, दैलेख समाज दक्षिण कोरिया तथा सामाजिक अभियन्ता माधव आचार्यको समन्वयमा संचालन गरिएको थियो ।
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया