दक्षिण कोरियाम कुकुरको मासु खान प्रतिबन्ध

कुकुरको मासु खाने देश भनेर चिनिएको दक्षिण कोरियामा अब कुकुरको मासु खान प्रतिबन्ध लगाइएको छ । मंगलबार कोरियाली संसद बाट कुकुरको बध गर्ने तथा मासुको प्रयोजनका लागी किनबेच गर्न प्रतिबन्ध लगाउने कानुन पारित भएसंगै अब कोरियामा कुकुरको मासुमा आधिकारिक रुपमै प्रतिबन्ध लागेको हो ।

सन् २०२७ सम्म पूर्ण रुपमा कुकुरको मासु खाने पुरानो प्रचलन अन्त्य गर्ने कानुनमा उल्लेख छ । यो कानुन लागु भएपछि कुकुरको बध वा मासु बिक्रीवितरण गरेमा ३ वर्षसम्म जेल सजाय हुनेछ । अहिले कुकुरको मासुको व्यवसाय गरिरहेका तथा कुकुरको मासु बेच्ने रेष्टुरेण्ट चलाइरहेका व्यवसायिहरुलाइ अन्य व्यवसायमा परिवर्तन गर्न सरकारले सहुलियत पनि दिनेछ। कोरियामा अहिले ३ हजार ५ सय वटा कुकुर फार्म छन् । भने यो ३ हजार बढी रेष्टुरेण्ट छन् ।

मासु खाने प्रयोजनले पालिएका कुकुरको संख्या १५ लाख रहेको छ । कोरियामा सामान्य खानाका साथै खास गरी गर्मी मौसममा स्टामिना बढाउने तत्वका रुपमा कुकुरको मासु प्रयोग अझै बढी थियो । पशु अधिकारका पक्षमा वकालत गर्नेहरूले लामो समयदेखि यसको विरोध गर्दै आइरहेका थिए भने विश्व भर पनि आलोचना भइरहेको थियो । यसअघि पनि पटक पटक प्रयास भयपनि व्यवसायीको विरोधका कारण कानुन लागु हुन सकेको थिएन । चिन र भियतनाममा भने कुकुरको मासु खाने प्रचलन अझै बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका विमोचन गरिने

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' हुने

दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरुलाइ सचेत रहन आग्रह

फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा बढी सहभागी हुने

मे १६ मा सउलमा ‘लोटस ल्याण्टर्न फेस्टिभल’, ल्याण्टर्न परेडमा मात्रै ५० हजारभन्दा …