कोरियामा बेबी क्यारियर भन्दा घरपालुवा जनावरका क्यारियर धेरै बिक्री
दक्षिण कोरियाको घट्दो जन्मदरको उदाहरण प्रस्तुत गर्ने अर्को एउटा तथ्याङ्क सार्वजनिक भएको छ । कोरियाको अनलाइन मार्केट जि मार्केटले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साना बच्चाबच्चीहरुलाई लिएर हिँडडुल गर्ने बेबि क्यारियर अर्थात् कोरियनमा युमोछा भनिने Stroller भन्दा घरपालुवा जनावरलाई डुलाउने क्यारियरको बिक्री धेरै रहेको छ । तथ्याङ्कअनुसार यस बर्षभरीमा ५७ प्रतिशत घरपालुवा जनावरका क्यारियर बिक्री हुँदा बच्चाहरूका क्यारियर ४३ प्रतिशत मात्रै बिक्री भएका छन् । यसअघि २०२१ र २०२२ मा क्रमशः ६७ र ६४ प्रतिशत रहेको बच्चाहरुको क्यारिअर बिक्रीको मात्रा यो बर्ष ह्वात्तै घटेको हो ।
पछिल्लो समय कोरियामा विवाह गर्ने प्रचलन पनि अत्यन्त न्यून हुँदै गइरहेको छ भने प्रजनन दर घटेर ०.७२ मा पुगेको छ । यसलाइ कोरियाको विकासको बाधक बन्न सक्ने एउटा कारणको रुपमा हेरिएको छ । कोरियनहरुले परिवारको संख्यामा वृद्धी गर्न नचाहनुको कारण बढ्दो महंगी र विलासी जिवनशैली
मुख्य कारण रहेको छ । बरु पछिल्लो समय कोरियामा कुकुर , बिरालो, चराचुरुङ्गी तथा अन्य घरपालुवा जनावर पाल्ने र तिनैका लागी खर्च गर्ने फेसनको विकास भइरहेको छ ।
दोस्रो लखन थापा मगर स्मृति भलिबल कप जुलाई ५ मा हुने
दक्षिण कोरियामा कर्णालीवासीको बृहत् वनभोज तथा भेटघाट कार्यक्रम हुँदै
दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
प्रतिक्रिया