एकै व्यक्तिद्वारा दुई अर्बको हुन्डी कारोबार
हुन्डी, अनलाइन जुवा, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको आरोपमा थप तीनजना पक्राउ परेका छन् । गत ६ मंसिरमा पक्राउ परेका काठमाडौं बागबजारका रूपेश श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा थप तीनजना समातिएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मीनबहादुर जिसी, आशिष अग्रवाल र कुमार परियारलाई पक्राउ गरेको हो । उनीहरूले श्रेष्ठसँग मिलेर अवैध कारोबार गर्दै आएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठलाई ब्युरोले ९९ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र अमेरिकी डलर सात हजार २६ बरामद भएको थियो । उनले घरमा पैसा गन्ने मेसिनसमेत राख्दै आएका थिए । अनुसन्धानका क्रममा उनले दुई अर्बको त हुन्डी कारोबार गरेको पुष्टि भएको छ । धेरैजसो कारोबार अमेरिकामा भएको छ । उनको हुन्डी कारोबारको खाता नै प्रहरीले बरामद गरेको छ ।
उनले अर्बौँ रुपैयाँ क्रिप्टोको कारोबार गरेको सिआइबीका अधिकारीहरू बताउँछन् । श्रेष्ठसँग मिलेर काम गर्ने अन्य केही व्यक्ति पक्राउ गरी गिरोहमाथि नै अनुसन्धान भइरहेको ब्युरोका एसएसपी दिनेश आचार्यले बताए । रूपेशकी श्रीमतीको पनि संलग्नता देखिएको र उनी फरार छिन् । उनका धेरै आफन्त अमेरिका भएकाले उनले त्यहाँ धेरै कारोबार गरेका थिए । हुन्डीको कारोबार क्रिप्टोमार्फत मिलाउने गर्दै आएका थिए ।
दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा निधन भएका लोकगायक केहर सिंह छन्त्यालको स्म…
दक्षिण कोरियाको सुवनमा मोना दक्षिण कोरियाद्वारा सामूहिक दसैँ टीका ग्रहण, सम्म…
दक्षिण कोरियाको Seoul Christian University र नेपाली विद्यार्थीहरूको पहलमा ब…
नेपालको विपदमा कोरियाका रेमिट कम्पनीहरूको उल्लेख्य साथ, ३ रेमिट कम्पनिद्वारा …
सेप्टेम्बर २५ मा हुने ‘नेपथ्य लाइभ इन सउल’ बारे जानकारी दिन पत्रकार सम्मेलन आ…
दक्षिण कोरियामा पहिलोपटक ‘डन्डीबियो प्रतियोगिता’ आयोजना हुने
दक्षिण कोरियामा तेस्रो ‘मिस्टर फिटनेस नेपाल’ शारिरिक सुगठन प्रतियोगिता आयोजन…
प्रतिक्रिया