कोरियाबाट नेपालमा पैसा पठाउँदा बुलेट बाइक उपहार
दक्षिण कोरियाबाट नेपालमा पैसा पठाउँदा उपहारमा बुलेट बाइक पाइने भएको छ । कोरियामा रहेका नेपालीहरूको विश्वास जित्दै आइरहेको सेन्टबी रेमिटेन्सबाट डिसेम्बर महिना भरी पैसा पठाउँदा बुलेट बाइक उपहार पाउन सकिनेछ । सेन्टबि रेमिटेन्सले हालै सार्वजनिक गरेको उपहार योजना अन्तर्गत डिसेम्बर को १ तारिक देखी ३० तारिकसम्म सेन्टबि मार्फत पैसा पठाउने ग्राहक मध्य एक जना भाग्य शाली ग्राहकलाई बुलेट बाइक प्रदान गरिने सेन्ट बि रेमिटेन्सले जनाएको छ । त्यस्तै कम्पनीले प्रत्येक हप्ता ५ जनालाई १-१ लाख वन बराबर को क्यासब्याक योजना समेत सार्वजनिक गरेको छ । जस अन्तर्गत यो महिनाको प्रत्येक हप्ता ५ जनाले उक्त रकम प्राप्त गर्ने छन् ।
सेन्टबी रेमिटेन्सले उपहारसँगै समाजसेवामा टेवा पुग्ने अर्को योजना पनि सार्वजनिक गरेको छ । उपहारसँगै समाजसेवा नाम दिइएको यस योजनामा हरेक कारोबारबाट प्रति कारोबार ५०० वन अर्थात् ५० रूपैयाँ कम्पनीको तर्फबाट नेपालमा गएको भुकम्पका पीडितहरुलाइ प्रदान गर्ने छ । दक्षिण कोरियामा थुप्रै रेमिटेन्स कम्पनी संचालित भएपनी छिटो र विश्वासिलो सेवाका कारण सेन्टबीले ग्राहकको विश्वास जित्दै आइरहेको छ ।

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया