कोरियामा बिना चालकको रात्री बस संचालन
विश्वकै पहिलो प्रयोग
सौल महानगरपालिका कोरियाको राजधानी सौलमा ड्राइभर बिनाको स्वचालित रात्रीबस संचालन गर्ने घोषणा गरेको छ । भोलि सोमबारदेखि परीक्षणको रुपमा २ वटा बस संचालन हुँदै छन् । राति साढे ११ बजेदेखि बिहान ५ बजेर १० मिनेटसम्म यि बसले यात्रु बोक्नेछन् । सौलको हाप्छङ स्टेशन देखी दोङ्देमुनसम्म करिब १० किलोमिटरको दुरीमा यी बस संचालन हुन लागेका हुन् । हरेक ४० वटा स्टेसन रहेको यो दुरीमा हरेक ७० मिनेटको फरकमा बस संचालन हुनेछ ।
यि बसमा २३ वटा सिट राखिएका छन् । अहिलेका लागी यात्रुले निःशुल्क चढ्न पाउने महानगरपालिका जनाएको छ । यद्यपि यातायात कार्ड भने चेक गर्नुपर्छ । सौल महानगरपालिका मा संचालित ट्रेनहरु राती १२ बजेसम्म चल्ने भएकाले त्यसपछाडी रात्रि समयमा व्यस्त हुने स्थानहरूमा बस संचालन गर्न लागेको हो । यसअघि सौलमा १६७ वटा रात्रीबस् सञ्चालित छन् । सन् २०२४ को अन्त्यसम्ममा स्वचालित बसहरूको संख्या अत्यधिक वृद्धि गर्ने महानगरपालिको योजना छ ।
@koreaupdate.np भोली सोमबारदेखी कोरियाको राजधानी सौलमा ड्राइवर बिनाको स्वचालित रात्रीबस संचालन हुँदैछन् । #Koreaupdate #koreanews #Koreaupdates #newskorea #nightbus #Epsnepal #epskorea #nepaliinkorea ♬ original sound - KOREA UPDATE
बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने
किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसा…
दक्षिण कोरियामा जुन २१ मा 'श्रमिक, विद्यार्थी सचेतना एवं मनोपरामर्श कार्यक्रम' …
दक्षिण कोरियाको सुवनमा शैक्षिक हितार्थ नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन ह…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्याङकाे नयाँ गित 'द्वन्द' सार्वजनिक
फेसबुक फेक आइडीमार्फत नेपाली नेपालीबीच ठगी बढ्दो, कोरियामा रहेका नेपालीहरु…
कोरियामा सक्रिय नेपाली ब्याण्ड फुल्ल्याङको नयाँ गित द्वन्द सार्वजनिक हुँदै
प्रतिक्रिया