कोरियन ड्रामा Queen of Tears ले बनायो सर्वाधिक हेरिएको ड्रामाको रेकर्ड

पछिल्लो समय चर्चाको शिखरमा रहेको कोरियन ड्रामा 눈물의 여왕 अर्थात् Queen of Tears टेलिभिजनमा अहिलेसम्मकै सबैभन्दा बढी हेरिएको ड्रामा बन्न सफल भएको छ ।

जम्मा १६ भाग रहेको यो ड्रामाको अन्तिम भागले सबैभन्दा बढी हेरिएको रेकर्ड बनाएको हो । नेटफ्लिक्स र टिभिएन ड्रामाबाट प्रसारण भएको यो ड्रामा अहिले कोरिया तथा कोरिया बाहिर पनि सर्वाधिक रुचाइएको छ । सबैभन्दा बढी हेरिएको रेकर्डमा यसअघि Crash Landing On you ले कब्जा जमाएको थियो भने अब त्यही रेकर्ड तोडिएको हो । किम सो ह्यन र किम जि वनको अभिनयका साथमा ड्रामाको कथावस्तुले दर्शकको मन जितिरहेको छ । दुखी विवाहित जोडीको कथामा आधारित यो ड्रामाको अन्त्य भने सुखद प्रेमका साथमा भएको छ ।

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ । https://www.facebook.com/Myagdeligovinda1/ https://twitter.com/DearGovin

प्रतिक्रिया

सम्बन्धित