कोरियाका अस्पताल, क्लिनिक र फार्मेसीमा फोटोसहितको परिचय पत्र अनिवार्य

अबदेखी कोरियामा अस्पताल, क्लिनिक वा औषधी पसलमा जाँदा फोटोसहितको परिचय पत्र अनिवार्य रुपमा लिएर जानुपर्ने भएको छ । यो नियम आगामी मे २० देखी लागु हुने छ । फार्मेसीहरुमा भने डाक्टरको पुर्चि भएकाहरुले परिचय पत्र प्रमाणित गर्नु पर्दैन । त्यसबाहेक पुर्ची नभएका अरु सबैका लागी यो नियम लागु हुनेछ । स्वास्थ्य विमाको बढ्दो दुरुपयोगका बिच कोरियाली सरकारले पछिल्लो समय स्वास्थ्यसंग सम्बन्धित नियमहरुमा कडाइ गर्दै आएको छ ।

 

कोरियन र विदेशी नागरिक सबैका लागी यो नियम समान रुपमा लागु हुनेछ । यसअघि परिचय पत्र नम्बर मात्रै राखे पनि हुने नियम थियो । मे महिनाको २० तारिखदेखि, अस्पताल वा क्लिनिकमा उपचार वा औषधी खरिदका लागि जाँदा तपाईंले आफ्नो परिचय प्रमाणित गर्ने कागजात, प्रशासनिक वा सरकारी संस्थाले फोटोसहित जारी गरेको परिचयपत्र वा कागजात प्रस्तुत गर्नुपर्छ । जसमा रेसिडेन्स कार्ड र लाइसेन्स पर्दछन् । पछिल्लो समय स्वास्थ्य बिमा कार्डको अत्याधिक दुरुपयोग बढेपछी कडाइ गरिएको हो । सन् 2021 मा अरुको बिमा कार्ड र अरुको परिचय पत्र नम्बर मात्र प्रयोग गरी बिमाको गलत फाइदा लिएका 32,605 वटा घटना सार्वजनिक भएका थिए भने सन् 2023 मा बढेर 40,418 पुगेको थियो ।

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ । https://www.facebook.com/Myagdeligovinda1/ https://twitter.com/DearGovin

प्रतिक्रिया

सम्बन्धित