शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएको ल्होछार गीत सार्वजानिक

दक्षिण कोरिया । शुभराज भोम्जनको संगीत, फुलकुमार बोम्जनको आवाज र निर योञ्जनको शब्दमा तयार भएको “खाजी होई ल्होछार” बोलको ल्होछार गीत सार्बजानिक भएको छ ।

लाबा मिडीयाको ब्यानरमा तयार भएको उक्त ल्होछार गीत लाबा मिडीयाको आधिकारीक युट्युब च्यानल लाबा मिडीया मार्फत अफिकियल अडियो सार्बजानिक गरिएको हो ।

 

 

 

तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछारको विषयलाई केन्द्रमा राखेर लेखिएको उक्त गीतको एरेञ्ज गायक तथा संगीतकार जोगलाल लामाले गरेका छन् भने दिपेश प्रधानले मिक्सीङ मास्टरीङ गरेका छन् । तामाङ समुदायको ल्होछार नजिकिदै गरेको अवसर पारेर दर्शक श्रोतामाँझ सार्बजानिक गरिएको उक्त ल्होछार गीतलाई दर्शक श्रोताले मनपराउनेमा आशाबादी रहेको शब्दकार निर योञ्जनले बताए ।

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ । https://www.facebook.com/Myagdeligovinda1/ https://twitter.com/DearGovin

प्रतिक्रिया

सम्बन्धित