दक्षिण कोरियामा हाल ६० हजार भन्दा बढी नेपालीहरुको बसोबास रहेको छ । यहाँ नेपाली समुदायसंग सम्बन्धित गतिविधीहरु बाक्ला छन् ।  कोरियामा रहेका नेपाली र नेपाली समुदायसंग सम्बन्धित सम्पूर्ण खबरहरु प्रसारण तथा प्रकाशन गर्ने उद्धेश्यका साथ कोरिया अपडेटको प्रारम्भ गरेका हौँ । 

नेपाली समुदायसंग सम्बन्धीत रहेर काेरियामा हुने हरेक गतिविधीहरूलाइ काेरिया तथा काेरिया बाहिर पुर्याउने हाम्राे पहिलाे दायित्व हाे भने काेरियामा रहँदा, बस्दा नेपालीहरूलाइ परेका समस्याका बारेमा समाचार र सूचना प्रवाह गर्ने तथा समाधानका लागी  सम्बन्धित  निकायमा पुर्याउने काेशिस पनि हामी गर्नेछाैँ ।

सहि र तथ्यगत समाचार, सूचना तथा जानकारीको प्रवाह गर्न हामी सँधै प्रतिबद्ध छौँ । हाम्रो यो अभियानमा यहाँहरुको पनि पूर्ण साथ र समर्थन रहनेछ भन्ने विश्वास गर्दछौँ । 

पत्रकारीता आचारसंहिता तथा बिभिन्न गोपनियता लगायत संयमित बिषयमा हामी सँधै चनाखो रहनेछौँ र मानविय त्रुटीहरुलाइ सहर्ष स्विकार गरी सच्चाउनेछौँ ।

हाम्रा समाचार र सूचना सामाग्रीहरु तपाइँहरुले यस बाहेक फेसबुक/टिकटक/युट्युब र इन्स्टाग्रामबाट पनि हेर्न र पढ्न सक्नुहुनेछ । 

तपाइँहरु पनि कोरियामा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ वा तपाइँसंग कुनै सूचना, जानकारी, लेख रचना वा समाचारहरु छन् भने
[email protected] मा इमेल गर्न सक्नुहुनेछ ।