चलचित्र दिमाग खराब सुवन शहरमा प्रदर्शन हुँदै

गरिब तथा जेहनदार विद्यार्थीका लागी छात्रवृत्ति सहयोगार्थ कोरियाको सुवनमा नेपाली चलचित्र दिमाग खराबको प्रदर्शन हुने भएको छ । नेपालमा छात्रवृत्ति कोष स्थापना गरेर हरेक बर्ष छात्रवृत्ति प्रदान गर्दै आउनु भएकी  कमला साउद अर्थात् जेबि बैङ्क नेपाल कमलाको आयोजनामा चलचित्र प्रदर्शन हुन लागेको हो । भने चलचित्र प्रदर्शनको संयोजन विशाल आवाजले गर्दैछ । कोरियाका विभिन्न शहरमा प्रदर्शन भइसकेको यो चलचित्र यही डिसेम्बर १० तारिकमा सुवन शहरमा प्रदर्शन हुँन लागेको हो । 

१० तारिक दिनको १ बजेदेखि सुरु हुने चलचित्रको टिकट शुल्क भने २५ हजार वन तोकिएको छ । 

 

काेरियामा तथा नेपालमा समेत अत्यधिक दर्शकहरुले रुचाएको यो चलचित्र आफैंमा हेर्न लायक चलचित्र हो त्यसमाथि सहयोगको खाँचो परेका विद्यार्थीहरुलाइ सहयोग गरी पुण्य कमाउने मौका पनि हो त्यसैले सुवन आसपास रहनुहुने सम्पूर्ण नेपालीहरूमा चलचित्र हेर्न उपस्थित भैदिनुहुन आयोजकको अनुरोध छ ।

थप जानकारी तथा टिकट बुकिङका लागी पोस्टरमा दिइएका नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुनेछ । 

प्रतिक्रिया

सम्बन्धित