कोरियामा निर्माण गरिएको ‘शितल शितल’ को म्युजिक भिडियो सार्वजनिक

दक्षिण कोरियामा निर्माण गरिएको शितल शितल बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

कोरियामा इपिएसमार्फत श्रमिकको रुपमा प्रवेश गरेका कलाकारहरुले यो भिडियो निर्माण गरेका हुन् ।

गायक जनक ताम्राकार र गायिका अस्मिता अधिकारीको स्वर रहेको यो गितमा कोरियाका चर्चित मोडल तथा कलाकार प्रितिजा बिशुंखे र दिपेन ताम्राकारको अभिनय रहेको छ भने यो गित दिपेन आफैले शब्द कोरेका हुन् ।

भिडियोको सम्पुर्ण सुटिङ कोरियाको पर्यटकिय स्थल खाङ्वन्दोमा गरिएको हो । गितको कोरियो ग्राफी भने मोडल तथा नृत्य कलाकार आयुष उप्रेतिले गरेका हुन् ।

यो गित सेबिल इन्टरटेन्मेन्ट मार्फत युट्युबमा सार्वजनिक भएको छ ।

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ । https://www.facebook.com/Myagdeligovinda1/ https://twitter.com/DearGovin

प्रतिक्रिया

सम्बन्धित