“आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी भिडीओ सहित सार्वजानिक

लाबा मिडिया प्रालीको ब्यानरमा बनेको  “आँखामा गाजल लाएर” बोलको सेलो दोहोरी गीतको भिडीओ सहित आइताबार सार्वजानिक भएको छ । गीतमा शुभराज भोम्जनको शब्द संगीत रहनुका साथै गायक प्रकाश तितुङ तामाङ र गायिका जीतु लोप्चनको स्वर रहेको छ । लाबा मिडियाको आधिकारीक युट्युब च्यानल लाबा मिडिया मार्फत आइताबार दिउसो सार्वजानिक गरिएको हो । दक्षिण कोरियाको बिभिन्न स्थानहरुमा छाँयांकन गरिएको भिडीओमा नवोदित कलाकारद्धय पासाङ शेर्पा र एञ्जिला शेर्पाले अभिनय गरेका छन् ।

 

जोगलाल लामाले एरेञ्ज गरेको गीतमा दिपेश प्रधानले मिक्सिङ गरेका छन् । त्यसैगरी भिडीओलाई शुभराज भोम्जन स्वयमले निर्देशन गर्नुका साथै इजोक मगरले छाँयांकन तथा सम्पादन गरेका छन् । त्यसैगरी भिडीओको कोरियाग्राफी देब दोर्जे लामाले गर्नुका साथै साहयक निर्देशकको रुपमा ठिलेन शेर्पाले काम गरेका छन् । हाल सम्म लाबा मिडियोका ब्यानरमा आधा दर्जन भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् ।

 

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ । https://www.facebook.com/Myagdeligovinda1/ https://twitter.com/DearGovin

प्रतिक्रिया

सम्बन्धित