अर्घाखाँची सम्पर्क मञ्चको अधिवेशन मार्च ३ मा

अर्घाखाँची जिल्लाबाट विभिन्न शिलशिलामा दक्षिण कोरिया आइ बसोबास गरिरहेका सम्पूर्णलाई एक बद्ध गराउने उद्देश्यले स्थापित अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरिया सातौं अधिवेशन यही मार्च ३ तारिखमा हुने भएको छ ।

मार्च ३ तारिख आइतवार दोङ्देमुन २ नम्बर गेट स्थित नेपाली थाइ रेष्टुरेण्टको सभाहलमा अधिवेशन सम्पन्न हुने मञ्चका अध्यक्ष हिमाल खनालले जानकारी दिनुभयो ।

बिहान ठिक १० बजेदेखि कार्यक्रम शुरु हुने उहाँले बताउनुभयो ।

मञ्चले अधिवेशनमा उपस्थित भै भव्य रुपमा सफल बनाउन सहयोग गर्न कोरिया वासी नेपालीहरूमा निमन्त्रणा समेत गरेको छ ।

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ । https://www.facebook.com/Myagdeligovinda1/ https://twitter.com/DearGovin

प्रतिक्रिया

सम्बन्धित