दक्षिण कोरियाको स्वास्थ्यबिमा सम्बन्धी नियम परिवर्तन

दक्षिण कोरियाको स्वास्थ्य बिमा सम्बन्धी नियम केही परिवर्तन भएको छ । उक्त नियम अप्रिल ३ बुधबार देखी लागु हुनेछ । परिवर्तित नियमअनुसार अब आश्रित अर्थात् डिपेनडेन्ट भिसामा कोरिया प्रवेश गरेका विदेशी नागरीकहरु कोरियामा ६ महिना सम्म बसेपछि मात्रै स्वास्थ्य बिमामा समावेश हुन पाउनेछन् ।

तर यसअघि भने कोरियामा कार्यरत व्यक्तिको आयस्रोतलाई आधार बनाएर तुरुन्तै दर्ता गर्न पाइने व्यवस्था थियो । कोरियामा कार्यरत विदेशीहरू तथा देश बाहिर बस्ने कोरियनहरुले पनि आफ्नो आस्रितको रुपमा परिवार तथा आफन्तहरुलाइ कोरिया बोलाएर स्वास्थ्य बिमा मार्फत उपचार गर्ने गरेका कारण पुरानो नियमको दुरुपयोग भएको थियो । परिवर्तित नियम १९ बर्ष भन्दा कम उमेरका बालबच्चा र श्रीमान श्रीमतीको हकमा भने पुरानै नियम लागु हुने कोरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरियामा करिब १६ लाख विदेशीहरु स्वास्थ्य बिमामा दर्ता छन् ।

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ । https://www.facebook.com/Myagdeligovinda1/ https://twitter.com/DearGovin

प्रतिक्रिया

सम्बन्धित