दक्षिण कोरियाको छाङ्वन शहरमा नव वर्ष बिशेष कार्यक्रमको आयोजना

नेपाली नयाँ बर्ष २०८१ को अवसर पारी दक्षिण कोरियाको छाङ्वन शहरमा नव वर्ष बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।

वैशाख १ अर्थात् अप्रिल १३ तारिख शनिबार बेलुका ७ बजेदेखि कार्यक्रम नमस्ते नेपाल रेष्टुरेण्टमा कार्यक्रम शुरु हुनेछ । उक्त कार्यक्रममा कोरियामा रहेका विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति राख्ने छन् । गायकहरू सिमोन जिएम, एरिक लिम्बु, अर्जुन सुब्बा, हेमन्त गुरुङ र र्‍यापर प्रकाश अर्थात् माइदेवले आफ्नो प्रस्तुति दिनेछन् । साथै कार्यक्रममा विभिन्न नेपाली परिकारहरूको स्वाद समेत लिन सकिन्छ । नमस्ते नेपाल रेष्टुरेण्ट केही समय अगाडिदेखि छाङ्वनमा संचालनमा रहेको छ।

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ । https://www.facebook.com/Myagdeligovinda1/ https://twitter.com/DearGovin

प्रतिक्रिया

सम्बन्धित