दक्षिण कोरियामा भव्यताका साथ होली मनाइने

दक्षिण कोरियामा आगामी फागु पुर्णिमाको अवसरमा धुमधामका साथ होली महोत्सव मनाईने भएको छ । दक्षिण कोरियामा सक्रिय सनातन, साहित्य, सङ्गीत साधना समुह ‘पाँच स’ को आयोजनामा यहि मार्च २४ तारिखमा होली महोत्सव गर्न थालिएको हो । मार्च २४ तारिख आइतवार हुने कार्यक्रम दक्षिण कोरियास्थित आनसान माईग्रेन्ट सेन्टर अगाडिको पार्क  경기도 안산시 단원구 부부로 43 (원곡동) मा हुने भएको छ । यस अघि कार्यक्रम हुने भनिएको 동대문 बाट  स्थान परिवर्तन भएको हो ।

दक्षिण कोरियामा आउँदै गरेको २२ औँ राष्ट्रिय सभा निर्वाचनका कारण स्थान परिवर्तन भई 경기도 안산시 단원구 부부로 43 (원곡동)  हुने भएको आयोजकले जनाएको छ । निर्वाचनका कारण सभा सम्मेलन र भिडभाड गर्न नपाईने भएकाले पुर्व निर्धारित ठाएँ परिवर्तन गर्नुपरेको हो । कार्यक्रम दिउँसो १२ बजेदेखि शुरु हुने छ । महोत्सवमा नेपाली दाजुभाई दिदीबहिनीहरुबीच रङ्गहरु खेल्नुका साथै आपसी सद्भाव र भाईचारा बृद्धिका लागि विभिन्न गतविधि समेत गरिने भएको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने पाँच स दक्षिण कोरियाका अध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो । पाँच स ले उक्त महोत्सवमा सहभागि हुन सम्पुणर् नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा अनुरोध समेत गरेको छ । यस अघि एक महिना सम्म स्वस्थानी ब्रत लिएर विधिवत रुपमा समापन गरेको समुहले धर्मसस्कृतिको संरक्षणमा विभिन्न कामहरु गर्दै आएको छ ।

 

ला, संस्कार, संस्कृति, भेषभुषा, चाडपर्व आदिले राष्ट्रको परिचय दिने कुरालाई आत्मसात गरि धर्म, कला, संस्कार, संस्कृतिको संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले “साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा अध्यात्मित जागरण गराउने हाम्रो प्रयास“ भन्ने मुल नाराका साथ सन् २०१७ मा यो संस्था स्थापना भएको हो । सनातन साहित्य सङ्गीत साधना समूहले राष्ट्र र राष्ट्रियता झल्किने विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । बिशेष गरि हरेक नेपाली चाडपर्वहरुलाई विधिवत र भव्यताका साथ मनाउदै आईरहेको पाँच स दक्षिण कोरियाले बिदेशमा रहेका नेपाली समुदायमा एक छुट्टै, सकरात्मक ,अनुकरणीय र एकताको सन्देश प्रवाह गर्दै आएको छ ।

कमला के.सी

कमला के.सी कोरियामा रहेर सक्रिय पत्रकारिता गर्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित