कर्णाली प्रदेश समाजको तेस्रो अधिवेशन फेब्रुअरी २५ मा

कर्णाली प्रदेश अन्तर्गत का जिल्लाहरूबाट दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा संस्था कर्णाली प्रदेश समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन यही फेब्रुअरी २५ तारिखमा हुने भएको छ ।

"कर्णाली प्रदेशको सान, प्रदेशी भूमिमा एकता नै हाम्रो पहिचान" भन्ने मूल नाराका साथ ४ वर्षअघि स्थापना भएको समाजको तेस्रो अधिवेशन यही २५ तारिख आइतबार बिहान ११ बजेदेखि सउलको दोङ्देमुनस्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा सम्पन्न हुने समाजका अध्यक्ष गणेश कोइरालाले जानकारी दिनुभयो ।

समाजले कोरियामा रहनुभएका सम्पूर्ण कर्णाली बासी तथा समाजका शुभेच्छुकहरुलाइ अधिवेशनमा उपस्थितिका लागी निमन्त्रणा गरेको छ ।

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ । https://www.facebook.com/Myagdeligovinda1/ https://twitter.com/DearGovin

प्रतिक्रिया

सम्बन्धित