कोरियाबाट पैसा पठाउँदा ड्रोन उपहार

दक्षिण कोरियाबाट नेपालमा पैसा पठाउँदा उपहारमा ड्रोन प्राप्त गर्न सकिने भएको छ ।

 

कोरियामा संचालित सेन्टबी रेमिटेन्सले ग्राहकहरूका लागी आकर्षक पुरस्कार योजना ल्याउँदै आएकोमा फेब्रुअरी महिनाका लागी ड्रोन योजना सार्वजनिक गरेको हो । जस अन्तर्गत सेन्ट बी रेमिटेन्समार्फत फेब्रुअरी महिना भरी कारोबार गर्ने मध्यबाट एक जनाले डिजेआइको ड्रोन क्यामेरा उपहार प्राप्त गर्नेछन् ।

त्यस्तै हरेक हप्ता ५ जनाले एक एक लाख वन बराबर को क्यासब्याक पनि पाउनेछन् । सबै विजेताहरू लक्कीड्र मार्फत छनोट गर्ने कम्पनीले जनाएको छ ।

 

पछिल्लो समय कोरियाको विश्वासिलो रेमिटेन्स कम्पनी सेन्टी बी ले ग्राहक मुखी विभिन्न योजना सार्वजनिक गर्दै आइरहेको छ ।

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ । https://www.facebook.com/Myagdeligovinda1/ https://twitter.com/DearGovin

प्रतिक्रिया

सम्बन्धित