अनिल सिंह र टुकिका साथमा सुवनमा नेपहप नाइट पार्टी

पार्टीको सम्पूर्ण तयारी पूरा

दक्षिण कोरियामा रहेका नेपाली पपसंगितका पारखीहरूका लागी सल्नालको अवसरमा नेपहप नाइट पार्टीको आयोजना गरिएको छ ।

 

सल्नालको अवसर पारी हार्मोनी भाइब्जको आयोजनामा सल्नाल नेपहप नाइटको आयोजना गरिएको हो । फेब्रुअरी १० तारिख साँझ ८ बजेदेखि सुवनमा पार्टी सुरु हुने आयोजकले जनाएको छ । पपसंगितका सदाबहार गायक अनिल सिंहको मुख्य प्रस्तुती रहेको यस पार्टीमा उनका अलवा टुकी भनेर चिनिएका निरज मल्ल ठकुरीको पनि विशेष प्रस्तुति रहनेछ । अनिल सिंह र टुकीलाइ साथ दिँदै डिजेहरु डिजे आरएक्स, बिक्रम लामा, दोर्जे जोजो, दोर्जे भान्जा र डिजे सबिर को प्रस्तुति रहनेछ ।

 

साथै कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ! उक्त कार्यक्रमको टिकट शुल्क ३५ हजार वन तोकिएको छ । तर कार्यक्रमको प्रायोजक वेलकम मोबाइल सुवन र जिमनी ट्रान्सबाट टिकट काट्दा भने ५ हजार वन छुट प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।

 

कार्यक्रम स्थल सुवन स्टेशनको ९ नम्बर गेटबाट करिब १ मिनेटको दुरीमा रहेको छ ।

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ । https://www.facebook.com/Myagdeligovinda1/ https://twitter.com/DearGovin

प्रतिक्रिया

सम्बन्धित