कोरियामा अध्ययनरत नेपाली विद्यार्थीका लागी छात्रवृत्ति प्राप्त गर्ने अवसर

दक्षिण कोरियामा अध्ययन रत २ जना नेपाली विद्यार्थीका लागी छात्रवृत्ति आह्वान गरिएको छ ! नेपाली राजदूतावास दक्षिण कोरियाले आज सार्वजनिक गरेको एक सूचना अनुसार कोरियाको उजुङ शिक्षा तथा संस्कृति फाउन्डेशन ( woojung Education and culture foundation) ले स्नातकोत्तर तथा विद्यावारिधि अध्ययन रत विद्यार्थीका लागी छात्रवृत्ति आह्वान गरेको हो !

 

कोरियामा अध्ययन रत विद्यार्थी आफैले यो छात्रवृत्तिमा आवेदन गर्न सकिनेछ । छात्रवृत्ति बापत प्राप्त हुने रकम ट्युसन शुल्क तथा आफ्नो गास बासमा खर्च गर्न सकिनेछ ! यसमा आवेदन गर्न चाहने विद्यार्थीले न्यूनतम् बि ग्रेडभन्दा माथि अंक प्राप्त गरेको हुनुपर्नेछ भने, नेपाल सरकारको छात्रवृत्तिमा दक्षिण कोरिया आएका विद्यार्थीहरूले यसमा आवेदन गर्न पाउने छैनन् ! छात्रवृत्ति आवेदन गर्न चाहने विद्यार्थीले सूचनामा उल्लेख गरिएको इमेल आइडी ( [email protected], [email protected]) मा मेल पठाउन सक्नुहुनेछ भने थप जानकारीको लागी दूतावासमा सम्पर्क गर्न सक्नुहुनेछ !

गोविन्द बानियाँ

गोविन्द बानियाँ कोरिया अपडेटको सम्पादक हुनुहुन्छ । विगत लामो समयदेखी नेपालमा रेडियो र टेलिभिजन पत्रकारिताको अनुभव संगाल्नुभएका बानियाँले कोरियामा नेपाली र नेपाली समुदायसंग सम्बन्धित समाचार लेख्ने गर्नुहुन्छ । https://www.facebook.com/Myagdeligovinda1/ https://twitter.com/DearGovin

प्रतिक्रिया

सम्बन्धित