धौलागीरी सांगीतिक सौगातको पत्रकार सम्मेलन

कोरियन नयाँ वर्ष सलनालको अवसरमा बाग्लुङ समाज दक्षिण कोरियाले आयोजना गरेको धौलागिरि सांगितीक सौगात भाग ४ बारे जानकारी दिन भेटघाट पत्रकार सम्मेलनको आयोजना गरिएको छ । गण्डकी प्रदेशका ११ जिल्लाको संयुक्त सह आयोजना तथा गण्डकी प्रदेश समाजको आयोजनामा यही जनवरी १४ तारिकका लागी कार्यक्रम आयोजना गरिएको हो । जनवरी १४ तारिक आइतबार ठीक १२ बजेदेखि कार्यक्रम सुरु हुने गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभएको छ ।

 

कार्यक्रम दोङ्देमुनस्थित दर्शन नमस्ते रेष्टुरेण्टको सभा हल पाँचौ तल्लामा हुनेछ । कार्यक्रममा उपस्थित भइदिन कोरियास्थित विभिन्न संघसंस्था सम्बद्ध व्यक्ति तथा पत्रकारहरूमा आयोजकले अनुरोध गरेको छ । बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा फेब्रुअरी १० तारिकमा धौलागीरी सांगीतिक सौगातको आयोजना गरिएको छ !

प्रतिक्रिया

सम्बन्धित