आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने
गोविन्द बानियाँ, दक्षिण कोरिया । दक्षिण कोरियाको Industrial Bank of Korea IBK को सेवा १२ घण्टाका लागी अवरुद्ध हुने भएको छ । बैंकले आफ्नो बैंकिङ प्रणाली स्तरोन्नति गर्ने क्रममा मार्च १, २०२६ आइतबारका दिन केही समयका लागि सेवा अवरुद्ध हुने जनाएको छ ।
बैंकका अनुसार मार्च १ को राति १२ बजेदेखि दिउँसो १२ बजेसम्म (झण्डै १२ घण्टा) आइबीके बैंकमार्फत हुने वित्तीय कारोबार अस्थायी रूपमा बन्द हुनेछ । यस अवधिमा रकम ट्रान्सफर, रकम जम्मा, एटिएममार्फत रकम निकाल्ने तथा कार्ड र एपबाट भुक्तानी लगायत सबै सेवा अवरुद्ध हुनेछन् ।
यद्यपि, उक्त समयमा क्रेडिट कार्डमार्फत भुक्तानी सेवा भने सञ्चालनमा रहने बैंकले जनाएको छ। साथै, आइबीके ग्राहक केन्द्रमार्फत हुने गुनासो दर्ता सेवा पनि निरन्तर रहनेछ। तर, डेबिट कार्ड प्रयोग गरी भुक्तानी गर्न भने सम्भव नहुने स्पष्ट गरिएको छ ।
बैंकले ग्राहकहरूलाई सेवा अवरोधको अवधिमा आवश्यक वित्तीय कारोबार पहिल्यै मिलाउन आग्रह गर्दै असुविधाप्रति क्षमायाचना गरेको छ। हराएको कार्डबारे जानकारी दिनुपर्ने अवस्थामा BC कार्ड ग्राहक केन्द्र (1588-4515) मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ‘
आइबीके बैंकले प्रणाली सुधारपछि अझ सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यो कार्य गरिएको स्पष्ट पारेको छ ।
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति
प्रतिक्रिया