फोनिज कोरियाको चौथो अधिवेशनबाट उत्तम खजुमको नेतृत्वमा नयाँ कार्यसमिति

दक्षिण कोरियामा क्रियाशील नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कोरिया शाखाको चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट उत्तम खजुमको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

दोङ्देमुनस्थित नेपाली थाइ रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनको प्रमुख आतिथ्यता नेपाली राजदूतावास दक्षिण कोरियाका नियोग उपप्रमुखले गर्नुभएको थियो। कार्यक्रममा कोरियामा क्रियाशील आदिवासी जनजाति पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा बिशाल श्रेष्ठ, उपाध्यक्षमा विमल सिं दोङ, सचिवमा अमिर योञ्जन, सह–सचिवमा विक्रम बज्यू र कोषाध्यक्षमा गेल्छीरि शेर्पा चयन भएका छन्। यस्तै, रोशन राई, अर्जुन तुम्बापो, अर्जुन माङफाङ, दिलीप बान्तवा, केशर राना मगर, छोदेन योञ्जन, श्रवण श्रेष्ठ, शन्त लाल घिसिङ र भुवन मोक्तान सदस्यमा चयन भएका छन्।

अधिवेशनले कोरियामा रहेका आदिवासी जनजाति पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत मर्यादा सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यकालमा संगठनलाई अझ सशक्त बनाउने निर्णयसमेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

सलनालमा कोरियाका नेपालीहरूको बहुप्रतिक्षित ‘जोन एन्ड दि लोकल्स’ को भव्य कन्सर्ट हुँदै

सलनालमा कोरियाका नेपालीहरूको बहुप्रतिक्षित ‘जोन एन्ड दि लोकल्स’ को भव्य कन्सर्ट…