एनआरएनए कोरियाले भन्यो — औपचारिक एकता हालसम्म भएको छैन
गोविन्द बानियाँ सउल, दक्षिण कोरिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले हालसम्म दक्षिण कोरियामा कुनै औपचारिक एकता नभएको स्पष्ट पारेको छ ।
बुधबार जारी प्रेस विज्ञप्तिमा एनआरएनए कोरियाले हाल विश्वव्यापी रूपमा एनआरएनए एकताको अभियान अघि बढिरहेको सन्दर्भमा दक्षिण कोरिया पनि सोही अभियानप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै दशौं कार्यसमिति पनि एनआरएनएलाई एकताबद्ध बनाउँदै अघि बढ्ने पक्षमा दृढ रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा आगामी मार्च महिनामा आयोजना हुने एनआरएनए केन्द्रिय एकता अधिवेशनलाई लक्षित गर्दै केन्द्रिय पदाधिकारीहरूको दक्षिण कोरिया भ्रमणका क्रममा सहमतिका लागि छलफल भएको भए पनि दक्षिण कोरियामा हालसम्म कुनै औपचारिक एकता सम्पन्न नभएको स्पष्ट पारिएको छ।
एनआरएनए दक्षिण कोरियाले सदस्यता व्यवस्थापन, आर्थिक पारदर्शिता र संस्थागत संरचनाजस्ता विषयहरू टुंग्याएर मात्रै संगठनात्मक एकता सम्भव हुने धारणा व्यक्त गर्दै सोही अनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।
विज्ञप्तिमा संगठनलाई बलियो, एकताबद्ध र संस्थागत बनाउन सबै सरोकारवालासँग आगामी दिनमा व्यापक छलफल गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
केन्द्रिय महाधिवेशनका सन्दर्भमा अध्यक्ष महेश श्रेष्ठको संलग्नतामा दुबै एनआरएनएको तर्फबाट पदाधिकारी समेट्दै उच्चस्तरिय समिती गठन गर्ने र केन्द्रिय प्रतिनिधी,सदस्य लगायत व्यवस्थापन गर्न सहमति पत्रमा हस्ताक्षर गरिएको बिषयलाइ बिभिन्न सञ्चारमाध्ययमहरुले कोरियामा एनआरएनए एक भएको भन्दै समाचार प्रकाशित गरेपछी विवादित बनेको थियो ।
ख्यङ्नाम नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन मार्च ८ मा
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…
जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै
दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै
नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…
दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…
प्रतिक्रिया