BREAKING NEWS : कोरियाका राष्ट्र्पतिविरुद्धको महाअभियोग प्रस्ताव पारित, पदबाट निलम्बन
प्रधानमन्त्री हान दक सु कार्यवाहक राष्ट्रपति

दक्षिण कोरियाका राष्ट्र्पति युन सक यल विरुद्धको महाअभियोग प्रस्ताव कोरियाको राष्ट्रियसभाबाट बहुमतले पारीत भएको छ । ३०० मत मध्य २०४ जनाले पक्षमा ८५ जनाले विपक्षमा मतदान गरेका थिए भने ३ जना अनुपस्थित र ८ जनाको मत रद्ध भएको थियो ।
प्रस्ताव पारित भएसंगै युन पदबाट निलम्बनमा परेका छन् । अब प्रधानमन्त्री हान दक सुले कार्यभार राष्ट्रपतिको पद सम्हाल्ने छन् । राष्ट्रिय सभाबाट पारीत प्रस्ताव उपर संवैधानिक अदालतमा बहस हुनेछ । संवैधानिक अदालतले दोषी ठहर गरेमा पूर्ण रुपमा पदमुक्त भइ कारवाही पनि हुनेछ ।
राष्ट्रपति यलले ११ दिन अघि देशमा आपतकालिक सैन्य शासन लागु गरेका थिए भने त्यस्को ६ घन्टा मै फिर्ता लिएका थिए । त्यसपछी राष्ट्रव्यापी नागरिक आन्दोलन समेत जारी छ ।

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया