कोरियामा बेबी क्यारियर भन्दा घरपालुवा जनावरका क्यारियर धेरै बिक्री

सुन्नुहोस्

दक्षिण कोरियाको घट्दो जन्मदरको उदाहरण प्रस्तुत गर्ने अर्को एउटा तथ्याङ्क सार्वजनिक भएको छ । कोरियाको अनलाइन मार्केट जि मार्केटले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साना बच्चाबच्चीहरुलाई लिएर हिँडडुल गर्ने बेबि क्यारियर अर्थात् कोरियनमा युमोछा भनिने Stroller भन्दा घरपालुवा जनावरलाई डुलाउने क्यारियरको बिक्री धेरै रहेको छ । तथ्याङ्कअनुसार यस बर्षभरीमा ५७ प्रतिशत  घरपालुवा जनावरका क्यारियर बिक्री हुँदा बच्चाहरूका क्यारियर ४३ प्रतिशत मात्रै बिक्री भएका छन् ।  यसअघि २०२१ र २०२२ मा क्रमशः ६७ र ६४ प्रतिशत रहेको बच्चाहरुको क्यारिअर बिक्रीको मात्रा यो बर्ष ह्वात्तै घटेको हो । 

पछिल्लो समय कोरियामा विवाह गर्ने प्रचलन पनि अत्यन्त न्यून हुँदै गइरहेको छ भने प्रजनन दर घटेर ०.७२ मा पुगेको छ । यसलाइ कोरियाको विकासको बाधक बन्न सक्ने एउटा कारणको रुपमा हेरिएको छ । कोरियनहरुले परिवारको संख्यामा वृद्धी गर्न नचाहनुको कारण बढ्दो महंगी र विलासी जिवनशैली

मुख्य कारण रहेको छ ।  बरु पछिल्लो समय कोरियामा कुकुर , बिरालो, चराचुरुङ्गी  तथा अन्य घरपालुवा जनावर पाल्ने र तिनैका लागी खर्च गर्ने फेसनको विकास भइरहेको छ ।

विशाल श्रेष्ठ

विशाल श्रेष्ठ काेरियामा रहेर पत्रकारिता गर्नुहुन्छ । काेरियाबाट विशाल आवाज अनलाइन सञ्चालन गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित

ख्यङ्नाम नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन मार्च ८ मा

ख्यङ्नाम नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन मार्च ८ मा

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्रालय र दुतावासमा ज्ञापनपत्र

कोरियामा रहेका नेपाली श्रमिकलाई राष्ट्रिय पेन्सन सुविधा उपलब्ध गराउन श्रम मन्त्र…

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

जुन ६–७ मा लमजुङ परिवारको बृहत् पिकनिक हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

दक्षिण कोरियाको आनसानमा ‘होली महोत्सव–२०२६’ आयोजना हुँदै

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्रवृत्ती

नेपाली राजदूतावास दक्षिण कोरियाको सिफारीसमा २ जना नेपाली विद्यार्थीलाइ छात्र…

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२६’ अवार्ड

दक्षिण कोरियामा नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेलाई ‘बेस्ट एम्बासडर २०२…

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने

आइबीके बैंकको सेवा १२ घण्टा बन्द हुने, क्रेडिट कार्ड बाहेक अरु सेवा नचल्ने