कोरियामा बेबी क्यारियर भन्दा घरपालुवा जनावरका क्यारियर धेरै बिक्री

दक्षिण कोरियाको घट्दो जन्मदरको उदाहरण प्रस्तुत गर्ने अर्को एउटा तथ्याङ्क सार्वजनिक भएको छ । कोरियाको अनलाइन मार्केट जि मार्केटले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साना बच्चाबच्चीहरुलाई लिएर हिँडडुल गर्ने बेबि क्यारियर अर्थात् कोरियनमा युमोछा भनिने Stroller भन्दा घरपालुवा जनावरलाई डुलाउने क्यारियरको बिक्री धेरै रहेको छ । तथ्याङ्कअनुसार यस बर्षभरीमा ५७ प्रतिशत घरपालुवा जनावरका क्यारियर बिक्री हुँदा बच्चाहरूका क्यारियर ४३ प्रतिशत मात्रै बिक्री भएका छन् । यसअघि २०२१ र २०२२ मा क्रमशः ६७ र ६४ प्रतिशत रहेको बच्चाहरुको क्यारिअर बिक्रीको मात्रा यो बर्ष ह्वात्तै घटेको हो ।
पछिल्लो समय कोरियामा विवाह गर्ने प्रचलन पनि अत्यन्त न्यून हुँदै गइरहेको छ भने प्रजनन दर घटेर ०.७२ मा पुगेको छ । यसलाइ कोरियाको विकासको बाधक बन्न सक्ने एउटा कारणको रुपमा हेरिएको छ । कोरियनहरुले परिवारको संख्यामा वृद्धी गर्न नचाहनुको कारण बढ्दो महंगी र विलासी जिवनशैली
मुख्य कारण रहेको छ । बरु पछिल्लो समय कोरियामा कुकुर , बिरालो, चराचुरुङ्गी तथा अन्य घरपालुवा जनावर पाल्ने र तिनैका लागी खर्च गर्ने फेसनको विकास भइरहेको छ ।

छुसकमा ब्याडमिन्टन प्रतियोगिता आयोजना हुँदै

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइस…

काेरियाकाे बुसानमा Gen-Z आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली

फोनमनीबाट पहिलो कारोबारमा सबैलाई ५००० कोरियन वन बोनस

कोरियामा पर्वतिय चलचित्र महोत्सव हुँदै, दयाहाङ राइ, मिरुना मगर लगायत दर्जनौँ…

"मेरो त देशै माइती भयो" तीज गीत सार्वजनिक

प्रतिक्रिया